ट्रकको ठक्करबाट छात्राको मृत्यु

काठमाण्डु टुडे २०७१ असार ४ गते ८:२३ मा प्रकाशित

विराटनगर, ४ असार – ट्रकको ठक्करबाट बुधबार एक छात्राको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्टाफ नर्सको तयारी कक्षा लिन साइकलमा महेन्द्र चोकतर्फ गइरहेको अवस्थामा विराटनगर–५ जामुनगाछी बस्ने वर्ष १७ की सुजिता दाहाललाई सोही दिशातर्फ गइरहेको को१ख १२६५ नम्बरको ट्रकले विराटनगर–३ भृकुटी चोक छेउमा ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

घाइते दाहालको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

छात्रा दाहाल यस वर्षको प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भई स्टाफ नर्सको तयारी कक्षा लिइरहेकी थिइन् । ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us