प्रतिनिधि छनोटमा नेपाललाई ठेगान लगाउने ओली पक्षको चेतावनी

काठमाण्डु टुडे २०७१ असार ४ गते १३:२१ मा प्रकाशित

भक्तपुर, ४ असार– एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले नवौं महाधिवेशनबाट माधव नेपाल कुनै हालतमा अध्यक्ष बन्न नसक्ने दाबी गरेका छन् ।
Pradip-Gyawaliरफत सञ्चार क्लब भक्तपुरले बुधबार गरेको कार्यक्रममा उनले पार्टी नेतृत्व अब केपी ओलीले मात्र गर्न सक्ने बताए ।

पार्टीमा नेतृत्व हस्तान्तरणको आवश्यकता रहेकाले ओलीको विकल्प नरहेको उनको भनाइ थियो । नेपाल पक्ष महाधिवेशनमा आफ्नो पक्षमा बहुमत जुटाउन देश दौडाहा गरिरहेको भए पनि प्रतिनिधि छनौटपछि ठेगान लाइदिने उनले बताए । ‘

एमालेको नेतृत्व अब केपी ओलीबाहेक अरुले गर्न सक्दैनन्’, ज्ञवालीले भने, ‘प्रतिनिधि छनोटसम्म पुग्दा माधव कमरेड ठेगान लाग्नुहुनेछ ।’ एमाले महाधिवेशनका लागि देशभर आगामी ७ असारमा प्रतिनिधि चयन हुँदैछ ।

ज्ञवालीले महाधिवेशनपछि एमाले ओलीको नेतृत्वमा एकताबद्ध भएर अघि बढ्ने जिकिर गरे । अर्को एक फरक प्रसंगमा उनले प्रधानमन्त्री सुशील कोइरालाका कारण सरकार प्रभावहीन बनेको आरोप लगाए ।

उनले सरकार आफ्नो मिसनमा अघि बढ्न नसकेको बताए । प्रधानमन्त्रीले सहमतीय संस्कृतिविपरीत एक्लै अगाडि बढ्न खोजेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us