समाचार

क्षेत्र नम्बर २ काठमाण्डुमा १३७ जना उम्मेदवार

२०७१ असार ५ गते ३:१४

काठमाण्डु, ५ असार –संविधानसभा उपनिर्वाचनको तयारी पुरा भएको छ । आईतबार हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । काठमाण्डु, २ चितवन ४, बर्दिया १ र कैलाली ६ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि काठमाण्डूमा १ मा ३७ जना, चितवन ४...

भदौ २१ र २२ गते पोखरामा प्रेस युनियनको महाधिवेशन हुने

२०७१ असार ५ गते २:४६

काठमाण्डु, ५ असार – नेपाल प्रेस युनियनको महाधिवेशनको मिति पुनः तय भएको छ । बिभिन्न कारणले सर्दै आएको महाधिवेशन पोखरामा हुने भएको हो । युनियनको बुधवार बसेको बैठकले महाधिवेशन आगामी भदौ २१ र २२ गते पोखरामा गर्ने निर्णय गरेको हो । यस अघि यहि...

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण आज

२०७१ असार ५ गते २:४१

काठमाण्डु, ५ असार– अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाको आज स्वास्थ्य परीक्षण हुँदैछ । कोइरालाले अमेरिकाको न्यूयोर्क म्यानहटनस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा स्वास्थ्य परीक्षण गराउन लागेका हुन् । नेपालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा फोक्सोमा सोतो दाग देखिएपछि चिकित्सकको सल्लाहका थप परीक्षण र उपचारका लागि कोइराला...

कालोसूचीका व्यक्ति त्रिवि सेवा आयोगमा

२०७१ असार ५ गते २:१३

काठमाण्डु, ५ असार –विश्वविद्यालय अनुदान आयोगको कालोसूचीमा परेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । त्रिविका रसायनशास्त्र विभागका प्रमुख प्राध्यापक केदारनाथ घिमिरेलाई मंगलबार सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो।  प्राध्यापक घिमिरेलाई आयोगले २०७० कात्तिक १५ गते कालो सूचीमा राखेको थियो। आजको नेपाल...

सिन्धुलीका १३ हजार महिला घरजग्गा मालिक

२०७१ असार ५ गते १:५६

सिन्धुली, ५ असार– सरकारले महिलाको नाममा घरजग्गा रजिस्ट्रेसन पासमा छुट गरेपछि सिन्धुली मालपोत कार्यालयमा आफ्नो नाममा घरजग्गा रजिस्ट्रेसन पास गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले  घरजग्गा आफ्नो नाममा रजिस्ट्रेसन पास गर्दा सहरी क्षेत्रका महिलाका लागि २५ र ग्रामीण क्षेत्रका महिलाका लागि ३०...

उद्योगमन्त्री थापाले थर्काए निर्वाचन अधिकृत

२०७१ असार ४ गते १५:५४

धनगढी, ४ असार– उद्योगमन्त्री कर्णबहादुर थापा कैलाली–६ का निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश यज्ञराज भट्टलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । कैलाली–६ अन्तर्गत पर्ने धनगढीको क्याम्पस चोकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  मन्त्री थापाले भट्ट नेतृत्वको टोलीलाई गाली गलौज गरेका हुन् । टोलीले आचारसंहिता...

लोडसेडिङका कारण विश्वकप हेर्न नपाएको भन्दै प्राधिकरणमा ताला

२०७१ असार ४ गते १५:४३

गोरखा, ४ असार– लोडसेडिङका कारण जारी विश्वकप फुटबल हेर्न नपाएको झोकमा गोरखामा नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिएको छ । मुलुकभर विश्वकपले माहौल तातिरहेका बेला लोडसेडिङका बारण खेल हेर्न नपाएको भन्दै गोरखा सदरमुकामका युवाले बुधबार सदरमुकामस्थित विद्युत प्राधिकरणको कार्यालयमा ताला लगाएका हुन् । गोरखामा...

कानुन व्यवसायी जिल्ला न्यायाधीश हुन पाउने

२०७१ असार ४ गते १५:११

काठमाण्डु, ४ असार– अबदेखि सर्वोच्च अदालतमा जस्तै जिल्ला न्यायाधीशमा पनि कानुन व्यवसायी नियुक्त हुने भएका छन् । त्यसका लागि सर्वोच्च अदालतले बुधबार बाटो खुला गरेको छ । सर्वोच्चले जिल्ला अदालतमा न्यायाधीश नियुक्ति गर्दा कानुन व्यवसायीलाई पनि समावेश गर्न परमादेश जारी गरेको हो । न्यायाधीशद्वय...

महाकालीमा ट्रयाक्टरसहित दुई बेपत्ता

२०७१ असार ४ गते १५:०१

 दार्चुला, ४ असार– दार्चुलाको महाकाली लोकमार्गअन्तर्गत किम्तडी नजिक ट्रयाक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ट्रयाक्टर धनी बाजुरा दौकडी–४ का ५० वर्षीय इन्द्र बुढा र खलङ्गा–१, मसिन बालुवाका १२ वर्षीय शेरसिंह ठगुन्ना छन् ।  ढुङ्गा बोकेर आउँदै गरेको ट्रयाक्टरको अगाडिको...

ओली पक्षले आफ्नो कार्यक्रममा बहिस्कार गरेपछि माधव नेपाल क्रुद्ध

२०७१ असार ४ गते १५:००

नवलपरासी, ४ असार– नवौं महाधिवेशन नजिकिंदै जाँदा एमाले अध्यक्षका आकांक्षी माधव कुमार नेपाल र केपी शर्मा ओली पक्ष एकअर्काविरुद्ध आक्रामण रुपमा प्रस्तुत हुन थालेको छ । जिल्लास्तरमा समेत कार्यकर्ता स्पष्ट रुपमा दुई गुटमा बाँडिएका छन् । विवाद र अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा नवलपसारीमा बुधबार...

क्यास, ड्यास र झ्यास माओवादीबाट कार्यकर्ताको रक्षा हुन्न : लेखनाथ

२०७१ असार ४ गते १४:१२

काठमाण्डु, ४ असार– नेकपा–माओवादीका युवा नेता लेखनाथ न्यौपानेले कुनै पनि माओवादीबाट कार्यकर्ताको रक्षा हुन नसक्ने बताएका छन् । सबै माओवादीका गतिविधिप्रति असन्तुष्टि जनाउँदै न्यौपानेले अब माओवादीहरुबाट क्रान्तिको रक्षा होइन कार्यकर्ताको समेत रक्षा नहुने निष्कर्ष निकालेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै...

संविधान नबने आन्दोलन: प्रचण्ड

२०७१ असार ४ गते १३:४०

बर्दिया, ४ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाबाट एक वर्षमा संविधान बन्नेमा आशंका व्यक्त गरेका छन् । आगामी ८ असारमा बर्दिया–१ मा हुने उपनिर्वाचनको प्रचार–प्रसारका क्रममा  बाँसगढी बजार पुगेका उनले बुधबार त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधानसभाको समीकरणका कारण संविधान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us