
काठमाण्डु, ५ असार –संविधानसभा उपनिर्वाचनको तयारी पुरा भएको छ । आईतबार हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । काठमाण्डु, २ चितवन ४, बर्दिया १ र कैलाली ६ मा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि काठमाण्डूमा १ मा ३७ जना, चितवन ४ मा १३, बर्दिया १ मा १२ जना र कैलाली ६ मा १५ जना प्रतिष्पर्धामा छन् । आयोगले चारवटै क्षेत्रमा विद्युतीय मतदान गर्ने व्यवस्था मिलाएको छ ।
आयोगका अनुसार उपनिर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्रमा गरी १ सय ३७ मतदानस्थल र तीनसय २४ मतदान केन्द्र रहनेछन् ।
यस्तै निर्वाचनमा तीन हजार पाँच सय ६४ जना कर्मचारी खटिएका छन् । आईतबार हुने उपनिर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर दुईमा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका उम्मेदबार प्रतिष्पर्धामा छन् ।
कांग्रेसका दीपक कुँईकेल, एमालेका कृष्णगोपाल श्रेष्ठ, र एमाओवादीका लीलामणी पोखरेल चुनावी मैदानमा रहेका छन् ।