
काठमाण्डु, ५ असार – नेपाल प्रेस युनियनको महाधिवेशनको मिति पुनः तय भएको छ । बिभिन्न कारणले सर्दै आएको महाधिवेशन पोखरामा हुने भएको हो ।
युनियनको बुधवार बसेको बैठकले महाधिवेशन आगामी भदौ २१ र २२ गते पोखरामा गर्ने निर्णय गरेको हो ।
यस अघि यहि असार ४ र ५ गते पोखरामा गर्ने तयारी गरिएको भए पनि ‘बिशेष कारणवश’ भन्दै स्थगित गरिएको थियो ।