क्यास, ड्यास र झ्यास माओवादीबाट कार्यकर्ताको रक्षा हुन्न : लेखनाथ

काठमाण्डु टुडे २०७१ असार ४ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, ४ असार– नेकपा–माओवादीका युवा नेता लेखनाथ न्यौपानेले कुनै पनि माओवादीबाट कार्यकर्ताको रक्षा हुन नसक्ने बताएका छन् ।

lekhnath
सबै माओवादीका गतिविधिप्रति असन्तुष्टि जनाउँदै न्यौपानेले अब माओवादीहरुबाट क्रान्तिको रक्षा होइन कार्यकर्ताको समेत रक्षा नहुने निष्कर्ष निकालेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै न्यौपानेले माओवादीहरुलाई क्यास, ड्यास र झ्यास गरी तीन तहमा वर्गीकरण गरेका छन् ।
उनले माओवादीहरु आफ्नै लागि ‘काल’ बन्ने आशंका व्यक्त गरेका छन् ।

‘जनयुद्ध’ ‘माओवादी कार्यकर्ताको पूरानो डायरीमा’ सीमित भएको उल्लेख उनले उल्लेख गरेका छन् ।

‘जनयुद्ध जनयुद्धकारी माओवादी कार्यकर्ताको पूरानो डायरीमा मात्र सीमित हुँदा जनयुद्धका मुख्य कमाण्डर प्रचण्ड, कमाण्डरहरु किरण, बादल र बाबुरामहरु वा विप्लव, प्रभाकर र पासाङहरुसँगै पार्टीको निर्देशनमा पार्टी योजना कार्यान्वयन गर्ने त्यतिबेलाका सामान्य कार्यकर्ता (अहिले कार्यकर्ता नभएका समेत) हरुको भविष्य कता तानिएला ?’
न्यौपानेले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘वास्तविकता तर बिडम्बना † क्यास वा ड्यास अथवा झ्यास माओवादीहरुको ध्यान यतातिर केन्द्रित भएको खास देखिदैन । आ–आफ्नै गुट र उपगुटको डम्फुले क्रान्तिको रक्षाको के कुरा, कुनै माओवादी नेता–कार्यकर्ताको रक्षा सम्भव देखिंदैन । माओवादीहरुले प्रदर्शन गरेको यो तमासा कतै आफ्नै काल त बन्दैन ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us