समाचार

गगन र रवीन्द्रले नपत्याएपछि हिरोहिरोइन जम्मा पारेर भट्टराईले भने, ‘नयाँ शक्ति बनाउन सघाउनुस्’

२०७१ असार ५ गते १५:४५

काठमाण्डु, ५ असार– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा सघाउन कलाकारहरुलाई आग्रह गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा बुधबार कलाकार भेला पारेर भट्टराईले नयाँ शक्ति निर्माणमा भूमिका खेल्न भनेका हुन् । उनले सानेपास्थित ग्रीनवीच होटलमा दर्जन बढी कलाकार भेला पारेका थिए...

अदालतको अपहेलना विधेयकमा कानुन व्यवसायी र पत्रकारको आपत्ति

२०७१ असार ५ गते १५:४३

काठमाडु, ५ असार– विचार तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविपरीत हुनेगरी सदनमा पेस गरिएको अदालतको अपहेलनासम्बन्धी विधेयकप्रति कानुन व्यवसायी र पत्रकारहरूले विरोध जनाएका छन् । नेपाल बार एसोसिएसन र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले बिहीबार राजधानीमा  गरेको छलफलमा सहभागी वक्ताहरूले प्रेससम्बन्धी कानुनलाई नै निष्क्रिय...

प्रचण्ड गएको कार्यक्रम बहिस्कार गर्ने नीति छैन: भट्टराई पक्ष

२०७१ असार ५ गते १५:१५

डडेल्धुरा, ५ असार– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण कार्यक्रम आफूहरुले बहिस्कार नगरेको स्पष्ट पारेको छ । डडुल्धुरामा बिहीबार भएको पार्टीको सेती–महाकाली राज्य समितिस्तरीय कार्यकर्ता प्रशिक्षणमा भट्टराई पक्षका नेता सहभागी नभएको भन्ने समाचार आएपछि सो पक्षले त्यसको खण्डन...

सर्वोच्चले २६ सभासद नियुक्तिसम्बन्धी आदेश पुनरावलोकन गर्ने

२०७१ असार ५ गते १५:०१

काठमाण्डु, ५ असार– सर्वोच्च अदालतले १५ दिनभित्र संविधानसभामा २६ सभासदको मनोनयन गर्न दिएको आदेश पुनरावलोकन गर्ने भएको छ । सर्वोच्चको बिहीबारको पूर्ण इजलासले २६ सभासद नियुक्ति मन्त्रिपरिषदको कार्यक्षेत्रभित्र पर्ने भन्दै फैसला पुनरावलोकनको निर्णय गरेको हो । अदालतले  दुई महिनाअघिको आफ्नो निर्णय पुनरावलोकनका लागि निवेदन...

इराकमा नेपाली अपहरणमा परेका छैनन्: सरकार

२०७१ असार ५ गते १४:२८

काठमाण्डु, ५ असार– सरकारले इराकमा हालसम्म कुनै पनि नेपाली विद्रोहीको अपहरणमा नपरेको स्पष्ट गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी इराकमा नेपाली नागरिक अपहरणमा नपरेको जनाएको हो । इराकको उत्तरी क्षेत्रमा केही दिनदेखि अक्रमण गर्दै आएको इस्लामिक स्टेट इन इराक एण्ड सिरिया...

पर्यटन बोर्डको कार्य सुचारु हुने

२०७१ असार ५ गते १३:३१

काठमाण्डु, ५ असार – पर्यटन व्यवसायीको आन्दोलनका कारण विगत ५२ दिनदेखि बन्द रहेको नेपाल पर्यटन बोर्डको कार्य सुचारु हुने भएको छ । पर्यटन बोर्डको गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै तत्काल कार्य सुचारु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएपछि...

व्यापारी दम्पतीको हत्या अनुसन्धानमा संलग्न प्रहरी उत्कृष्ट

२०७१ असार ५ गते १३:११

मोरङ, ५ असार – कपडा व्यवसायी बेगवानी दम्पतीको हत्या अनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षकसहित तीनजना प्रहरी जेठ महिनाका लागि पूर्व क्षेत्रका उत्कृष्ट प्रहरी घोषित भएका छन् । दम्पतीको हत्या सप्तरीको हनुमाननगरमा भएको थियो । गत जेठ २२ गते सप्तरीको हनुमाननगर ५ बस्ने प्रेम सुख...

परीक्षाफल प्रकाशित

२०७१ असार ५ गते १२:५१

काठमाण्डु, ५ असार – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७० सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । यसैगरी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तह सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रेनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र जियोमेटिक्स इन्जिनियरिङ दोस्रो...

शुल्क वृद्धि नगरे विद्यालय नचल्ने : एन प्याब्सन

२०७१ असार ५ गते १२:१३

काठमाण्डु, ५ असार – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले शुल्क वृद्धि नगरे विद्यालय चल्न नसक्ने जनाएको छ । पाँचौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कर्णबहादुर शाहीले बजारको स्थितिलाई बुझेर शुल्क वृद्धि गर्नुपर्ने बताए । उनले...

दाजुलाई चिर्पट प्रहार गरी हत्या गर्ने पक्राउ

२०७१ असार ५ गते ११:४४

सर्लाही, ५ असार–  दाजुलाई काठको चिर्पट प्रहार गरी मारेको अभियोगमा सुन्दरपुर चुहरवा–५ बस्ने २४ बर्षीय अपु महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । निजले ४५ बर्षीय दाजु मुस्ताफा अन्सारीलाई जग्गाको बिषयलाई लिएर भएको झगडामा असार ४ गते १६ः३० बजे दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा...

विश्वभर आधा घण्टा बन्द भयो फेसबुक

२०७१ असार ५ गते १०:४९

काठमाण्डु, ५ जेठ– सामाजिक सञ्जाल फेसबुक बिहीबार केही समय संसारभर बन्द भयो । फेसकुकमा दिउँसो करिब पौने २ बजेदेखि आधा घण्टासम्म विश्वभर समस्या देखिएको थियो । फेसबुक बन्द भएपछि प्रयोककर्ता हैरान भए । उनीहरुले अर्को सामाजिक सञ्जाल ट्वीटरमार्फत फेसबुक व्यवस्थापनविरुद्ध आक्रोश पोखे । फेसबुक...

माओवादी फुट्नु गल्ती, चाँडै नै एकता : गजुरेल

२०७१ असार ५ गते १०:१८

काठमाण्डु, ५ असार – एकीकृत माओवादी नेता हरिवोल गजुरेलले एकीकृत माओवादी, नेकपा–माओवादीसहितका पाँच माओवादी विचारधारा भएका कम्यूनिष्ट पार्टीहरुवीच चाँडै एकता हुने दावी गरेका छन् । उनले शिर्ष तहमा कुरा भईरहेको जानकारी दिए । उनले एमाओवादी र माओवादीले पार्टी फुटाउनु गल्ति थियो भनेर आत्मालोचना गरिसकेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us