इराकमा नेपाली अपहरणमा परेका छैनन्: सरकार

काठमाण्डु टुडे २०७१ असार ५ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, ५ असार– सरकारले इराकमा हालसम्म कुनै पनि नेपाली विद्रोहीको अपहरणमा नपरेको स्पष्ट गरेको छ ।
Deepak Dhitalपरराष्ट्र मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी इराकमा नेपाली नागरिक अपहरणमा नपरेको जनाएको हो ।

इराकको उत्तरी क्षेत्रमा केही दिनदेखि अक्रमण गर्दै आएको इस्लामिक स्टेट इन इराक एण्ड सिरिया आइसीसका लडाकुद्वावारा इराककको किर्कुस सहरबाट ६० किर्कुकबाट ६० विदेशी कामदार अपहरणमा परेको र त्यसमा केही नेपालीसमेत रहेको समाचार अन्तार्राष्ट्रिय सञ्चार माध्यममा आएको थियो ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धितालले इराकमा रहेका नेपाली सबै सकुशल रहेको बताए । धितालले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई सुरक्षित स्थानमा बस्न, हिँडडुल नगर्न र सकेसम्म नेपाल फर्कन आग्रह गरे ।

धितालले इराकको राजधानी बगदादसहित नेपाली रहेका स्थानको अवस्था सामान्य रहेको बताए । उनले नेपालीहरुको अवस्थाबारे पाकिस्तान र कुबेतस्थित नेपाली दूतावासमार्फत बुझ्ने काम भइरहेको जनाए । परराष्ट्रले इराकको अवस्था थप बिग्रिएको अवस्थाका लागि उद्दार कार्यका लागि त्यहाँस्थित मित्रराष्ट्रका दुतावाससँग समन्वय गरिने जनाएको छ ।

धितालका अनुसार पाकिस्तानी दूतावासले उच्च इराकी अधिकारीमार्फत नेपालीहरुका अवस्थाबारे जानकारी लिइरहेको छ ।
नेपाली पत्ता लगाउन टोल प्रि नम्बर र समिति
यसैबीच परराष्ट्र मन्त्रालयले इराकमा रहेका नेपालीको यकिन संख्या पत्ता लगाउन शुक्रबारदेखि टोल फ्रि नम्बर र इमेल सञ्चालनमा ल्याउने भएको छ । प्रतिबन्धित मुलुक भएका कारण इराकमा कति नेपाली छन् भन्ने बुझ्न नसकिएको उनले जनाए ।

नेपालमा रहेका आफन्त वा इराकमा रहेका नेपालीले rescue.mofa.gov.np मा इमेल गरेर जानकारी गराउन सक्ने परराष्ट्रले जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता धितालले इराकमा रहेका नेपालीको अवस्था स्पष्ट हुन सके उद्धारमा सहज हुने भएकाले त्यस्तो व्यवस्था गरिएको बताए ।

यस्तै परराष्ट्रले इराकमा रहेका नेपालीलाई आइपर्ने सम्भावित अप्ठेरो अवस्थामा सहयोग गर्न सह–सचिव प्रकाशकुमार सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा श्रम, गृह, अर्थ, स्वास्थ्य, नागरिक उड्डयन मन्त्रालय र कन्सुलर शाखाका प्रतिनिधि सहभागी छन् ।

समितिले हरेक दिन बैठक बसेर इराकको पछिल्लो अवस्थाबारे जानकारी लिने र सम्भावित समस्या समाधानका लागि सक्रिय हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us