
काठमाण्डु, ५ असार – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७० सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
यसैगरी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा स्नातक तह सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रेनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र जियोमेटिक्स इन्जिनियरिङ दोस्रो वर्ष प्रथम खण्ड (न्युकोर्स) नियमित तथा पुनःपरीक्षा, स्नातक तह इलेक्ट्रिकल, इलोक्ट्रोनिक्स एन्ड कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्ष प्रथम खण्ड (न्युकोर्स) नियमित तथा पुनः परीक्षा तथा प्रवीण (डिप्लोमा) तह सबै कार्यक्रम सबै वर्ष प्रथम खण्ड (पूर्वाञ्चल क्याम्पस इलेक्ट्रिकल इन्जिनियरिङ दोस्रो वर्ष प्रथम खण्डबाहेक) नियमित तथा पुनः पुरीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ ।