
काठमाण्डु, ५ असार – एकीकृत माओवादी नेता हरिवोल गजुरेलले एकीकृत माओवादी, नेकपा–माओवादीसहितका पाँच माओवादी विचारधारा भएका कम्यूनिष्ट पार्टीहरुवीच चाँडै एकता हुने दावी गरेका छन् । उनले शिर्ष तहमा कुरा भईरहेको जानकारी दिए ।
उनले एमाओवादी र माओवादीले पार्टी फुटाउनु गल्ति थियो भनेर आत्मालोचना गरिसकेको र अहिले बैद्यसमूहले अघि सारेको बुँदामा छलफल जारी रहेको जानकारी दिदै विवादमा रहेको हेटौडा महाधिवेशन र विराटनगर सम्मेलनको निर्णयको विषयमा कुराकानी भईरहेको बताए ।
एक फरक प्रसङगमा प्रजातन्त्रबादी नेतृ आङ साङ सुकीले समेत धेरै पूर्व प्रधानमन्त्री भनेर ब्यङग्य गरेको उल्लेख गर्दै अब मुलुकमा राष्ट्रपति पद्धतिको विकल्प नभएको दावी गरे । उनले यस विषयमा कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पार्दै जातीय संघीयताको पक्षमा आफूहरुसमेत नरहेको दावी गरे ।
नेकपा–माओवादीका सचिव देब गुरुङले बाध्यता र आवश्यकता महसुस गरेर पाँच माओवादी कम्यूनिष्ट पार्टीवीचको एकताको प्रक्रिया सुरु गरिएको जानकारी दिदै छिट्टै पार्टी एकीकरण होस भन्ने आफ्नो चाहना रहेको सुनाए ।
उनले शिर्ष तहमा एकतको विषयमा छलफल जारी रहेको जानकारी समेत दिए ।
गुरुङले अहिलेको संविधानसभाबाट जारी हुने संविधान कुनै पनि हालमा नस्विकार्ने स्पष्ट पार्दै सर्वपक्षीय राजनीतिक सम्मेलनबाट जारी गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री पनि यस विषयमा सकारात्मक रहेको जानकारी दिदै दलहरुवीच सहमति बन्न सक्ने विश्वास ब्यक्त गरे ।