समाचार

एमालेका मन्त्रीहरु गाडी लिएरै महाधिवशेनमा जान्छन्: गौतम

२०७१ असार ६ गते १४:५९

काठमाण्डु, ६ असार– वरिष्ठ नेता माधव नेपाल पक्षले केपी ओली पक्षले नवौं महाधिवेशनमा सत्ताको दुरुपयोग गर्ने बताइरहेका बेला एमाले उपाध्यक्ष एवम् गृहमन्त्री बामदेव गौतमले सरकारी गाडी लिएरै महाधिवेशन स्थल जाने बताएका छन् । ओली समूहले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गौतमले...

एमाले महाधिवेशनबारे अमेरिका र भारतको चासो

२०७१ असार ६ गते १४:४२

काठमाण्डु, ६ असार– एमाले महाधिवेशन मिति नजिकिँदै गर्दा अमेरिकी र भारतीय राजदूतले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन् । नेपालका लागि अमेरिकी राजदूत विलियम पिटर बोडी र भारतीय राजदूत रञ्जित रेले कोटेश्वरस्थित निवासमै पुगेर महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका नेपाललाई शुक्रबार भेटेका हुन् ।...

दुई माओवादीबीच छिट्टै एकता: चन्द

२०७१ असार ६ गते १४:२८

काठमाण्डु, ६ असार– एकीकृत नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दुई माओवादीबीच छिट्टै पार्टी एकता हुने बताएका छन् । प्रगतिशील रुपान्तरण आन्दोलनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सचिव चन्दले दुई माओवादीबीच एकताको आधार बन्दै गएको बताए । एकताबारे दुई दलको शीर्ष तहमा विभिन्न चरणमा वार्ता भएको...

उम्मेदवारले आचारसंहिता मिचेर चलाएका गाडी नियन्त्रणमा

२०७१ असार ६ गते १४:१३

काठमाण्डु, ६ असार– निर्वाचन आयोगले काठमाण्डु–२ बाट निर्वाचन आचारसंहिताविपरीत अनुमति नलिई चलाइएका ६ वटा गाडी नियन्त्रणमा लिएको छ । आयोगले अनुमति नलिई चलाइका गाडी काठमाण्डुका डाँची र थलीबाट नियन्त्रणमा लिएको हो । काँग्रेसका ३, राप्रपा नेपालका २ र नेकपा संयुक्तको एउटा गाडी नियन्त्रणमा लिइएको...

उपनिर्वाचनमा महिला मतदाता बढी

२०७१ असार ६ गते १३:३१

काठमाण्डु, ६ असार– निर्वाचन आयोगले संविधानसभा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आउन दुई दिन बाँकी छँदा शुक्रबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् । उनले उपनिर्वाचनमा विद्युतीय भोटिङ मेशिनबाट मतदान गराइने...

नेपालका लागि संसदीय पद्धति नै उपयुक्त: देउवा

२०७१ असार ६ गते १२:४९

कैलाली, ६ असार – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाल जस्तो जातीय र सांस्कृतिक विविधता भएको मुलुकका लागि संसदीय पद्धति नै उपयुक्त भएको बताएका छन् । मिडिया नेपालद्वारा शुक्रबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले संसद्बाट निर्वाचित हुने कार्यकारी प्रधानमन्त्री र...

अभिव्यक्ति स्वतन्त्रता रोक्ने विधेयकको विरोध

२०७१ असार ६ गते १२:३३

काठमाण्डु, ६ असार – मन्त्रीपरिषदले संसदमा दर्ता गरेको अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको पत्रकारहरुले विरोध जनाएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकारहरुले पञ्चायत र राणा शासनको झल्को आउनेगरी मन्त्रीपरिषदले विधेयक बनाएकाले यसलाई तत्काल रोक्न माग राखेका छन् । पत्रकार महासंघका कार्याबाहक...

माधव नेपाल भन्छन्, ‘ओली पक्षले दाँत झार्ने धम्की दियो’

२०७१ असार ६ गते १०:४२

काठमाण्डु, ६ असार– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली समूहले आफू पक्षधर कार्यकर्तालाई देशभर धम्की वा प्रलोभन दिएको आरोप लगाएका छन् । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी नेपालले नवौं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी ओलीले आफ्नो पक्षमा नआए गाला ताछ्ने, दाँत झार्ने र राजनीतिक भविष्य...

ओली भन्छन्, ‘माधव नेपाल धुर्त’

२०७१ असार ६ गते १०:१३

काठमाण्डु, ६ असार – नेकपा एमाले अध्यक्षका दाबेदार केपी शर्मा ओलीले पुस्ता हस्तान्तरण भनेको क्याम्पसमा भाग लगाएर सभापति परिवर्तन गरेजस्तो नभएको बताएका छन् । नेतृत्व हस्तान्तरणको कुरा फलाक्दै हिड्ने वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावलाई धुर्त भन्दै कटाक्ष गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार...

प्रधानमन्त्रीको जिब्रोको अवस्था सामान्य: प्रवक्ता रिजाल

२०७१ असार ६ गते ९:४७

काठमाण्डु, ६ असार – प्रधानमन्त्री सुशील कोइरालाको जिब्रोको अवस्था परीक्षणबाट सामान्य देखिएको छ । प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बिहीबार जिब्रोको परीक्षण सम्पन्न भएको थियो । प्रधानमन्त्रीकोसमेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्रीका साथमा रहेका प्रमुख सेनानी प्रकाश देउजासँग शुक्रकार...

नेपाल र ओलीको पत्रकार सम्मेलन एकघर वरपर

२०७१ असार ६ गते ८:३१

काठमाण्डु, ६ असार – एमाले अध्यक्ष हत्याउने दौडमा लागिपरेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको एक दिनअघि शुक्रबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्ने भएका छन् । ओलीले दिउँसो २ बजे नयाँ बानेश्वर अल्फा हाउसमा पत्रकार सम्मेलन गरेका...

भर्नाको नाममा नियम विपरीत शुल्क असुली

२०७१ असार ६ गते ७:५८

विराटनगर, ६ असार – उच्च माध्यमिक शिक्षा परिषद्को आदेशविपरीत विराटनगरमा निजी स्तरबाट सञ्चालित उच्च माध्यमिक विद्यालयले प्रवेश परीक्षाको नाममा अनधिकृत शुल्क लिने गरेको पाइएको छ । शिक्षा परिषद्ले ११ कक्षाको विद्यार्थी भर्नामा आवेदन फारमबापत रु १०० लिनुपर्ने सूचना जारी गरे पनि विद्यालयले रु ५००...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us