दुई माओवादीबीच छिट्टै एकता: चन्द

काठमाण्डु टुडे २०७१ असार ६ गते १४:२८ मा प्रकाशित

netra bikram chandकाठमाण्डु, ६ असार– एकीकृत नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दुई माओवादीबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।
प्रगतिशील रुपान्तरण आन्दोलनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सचिव चन्दले दुई माओवादीबीच एकताको आधार बन्दै गएको बताए ।

एकताबारे दुई दलको शीर्ष तहमा विभिन्न चरणमा वार्ता भएको र असहमतिहरु साँघुरिँदै गएको उनको भनाइ थियो । ‘दुई माओवादी एकताको आधार तयार हुँदै गएको छ’, चन्दले भने, ‘ विमतिहरु घट्दै गएका छन् । दुई पार्टीबीच खुला वातावरणमा सकारात्मक छलफल भइरहेको छ ।

मिल्ने आधार तयार भएको छ ।’ उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शाति प्रक्रियामा आएपछि भएका गल्ती स्वीकार गरिसकेकाले सहमतिको वातावरण बनेको बताए । यद्यपि उनले सँगै हुँदा र अलग भएपछि पनि आफूहरुबाट समेत गल्ती भएको स्वीकार गरे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us