एमालेका मन्त्रीहरु गाडी लिएरै महाधिवशेनमा जान्छन्: गौतम

काठमाण्डु टुडे २०७१ असार ६ गते १४:५९ मा प्रकाशित

काठमाण्डु, ६ असार– वरिष्ठ नेता माधव नेपाल पक्षले केपी ओली पक्षले नवौं महाधिवेशनमा सत्ताको दुरुपयोग गर्ने बताइरहेका बेला एमाले उपाध्यक्ष एवम् गृहमन्त्री bamdevबामदेव गौतमले सरकारी गाडी लिएरै महाधिवेशन स्थल जाने बताएका छन् ।
ओली समूहले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गौतमले आफूसहति पार्टीका मन्त्रीहरुले सरकारी साधन–श्रोत प्रयोग गर्ने बताएका हुन् । पार्टीको महाधिवेशन छ भन्दैमा केही घण्टाका लागि आफूसहित मन्त्रीहरु पद सिंहदरबारमै छाडेर महाधिवेशनस्थल नजाने उनको तर्क थियो ।

‘केही घण्टाका लागि मन्त्रीहरु मन्त्रालयमै पद छाडेर जाने कुरा आउँदैन’, गौतमले भने, महाधिवेशनमा जाँदा पनि मन्त्रीहरु मन्त्री जसरी नै जान्छन् । राज्यले दिएको गाडी प्रयोग हुन्छ, त्यसलाई दुरुपयोग भन्न मिल्दैन ।’

उनले मन्त्रीहरुले सरकारी गाडी चढेर महाधिवेशनमा जाँदा सरकारी सम्पत्तिको दुरुपयोग नहुने जिकिर गरे । तर महाधिवेशनमा सत्ताको दुरुपयोग नहुने उनको स्पष्टोक्ति थियो ।
एमालेमा गुण्डा छैनन्
गौतमले आफ्नो पार्टी एमालेमा कुनै गुण्डा नरहेको बताए । उनले पार्टीमा गुण्डाको प्रवेश नभएको र अब पनि नहुने दाबी गरे । बरु गृह प्रशासनले गुण्डाहरुलाई कारबाही गर्ने उनको भनाइ थियो । माधव नेपाल पक्षले भने ओली समूहलाई लक्षित गर्दै पार्टीमा डनवाद। धनवाद र डनवाद प्रवृत्ति हावी भएको बताउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us