काठमाण्डु, ७ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाहिर रहेका दललाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रालि र सर्वहारा कोषद्वारा शनिबार राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभामा नरहेका दललाई समेट्ने काम नभए संविधान...
अर्घाखाँची, ७ असार– अर्घाखाँचीको ठाडामा जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जन्ती गएका रुपन्देही सालझण्डीका पुनाराम भट्टराई र जमुना पोखरेल रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको सितापुरबाट बेहुली लिएर रुपन्देहीको साझण्डी जाँदै गरेको लु १ ख ७५९३...
काठमाण्डु, ७ जेठ– निर्वाचन आयोगले उद्योगमन्त्री कर्णबहादुर थापालाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहरसहित एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आयोगको शनिबार बसेको बैठकले कैलाली–६ मा मन्त्री थापाले एमालेको प्रचारप्रसार एवम् आमसभामा सहभागी भएर निर्वचन आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवाना लगाउने निर्णय...
काठमाण्डु, ७ असार– न्यायाधीश टेकनारायण कुँवरलाई संयुक्त राज्य अमेरिकाको डिपार्टमेण्ट अफ स्टेटले ‘२०१४ हिरो एक्टिङ टू इन्ड मोर्डन सेलभरी अवार्ड’ प्रदान गरेको छ । मानव वेचविखन तथा ओसारपसार रोकथाममा न्यायालयको क्षेत्रबाट पुर्याएको योगदानको सम्मान गर्दै कुँवरलाई अमेरिकाको डिपार्टमेण्ट अफ स्टेटले सम्मान गरेको हो ।...
काठमाण्डु, ७ असार– नेपाल भेटेरीनरी एसोसिएसनले आफ्नो र नेपाल पशु चिकित्सा परिषद्को कार्यालय तोडफोड भएकामा आपत्ति जनाएको छ । एसोसिएसन अध्यक्ष डा. रामकृष्ण खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका अध्यक्ष पूर्णबहादुर बुढा नेतृत्वको समूहले कार्यालय तोडफोड गरेकामा आफ्नो गम्भीर...
नुवाकोट, ७ असार– अर्काकी श्रीमतीसँग अवैध यौन सम्बन्ध राखेको भन्दै नुवाकोट तारुकाका एक विद्यालयका शिक्षकलाई निष्काशन गर्न स्थानीयले माग गरेका छन् । जिल्लाको कृष्ण उच्च मावि तारुकाका अंग्रेजी विषयका शिक्षक खुमलाल तिमल्सेनालाई विद्यालय छेवैकी एक महिलाका श्रीमतिसँग अवैध यौन सम्बन्ध राखेको आरोपमा विद्यालयबाट हटाउन...
काठमाण्डु, ७ असार– भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले नेपाल हिन्दू राज्य रहनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । काठमाण्डुमा शनिबार भएको कार्यक्रममा उनले नेपालमा कस्तो शासन प्रणाली हुने भन्ने निर्णय नेपालीले नै गर्ने भन्दै उनले त्यसमा भारतीय हस्तक्षेप नहुने स्पष्ट...
काठमाण्डु, ७ असार– राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । उक्त संस्थाको छैटौं साधारणसभा तथा तेस्रो महाधिवेशनका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा लोक संस्कृति संवद्र्धनमा पुर्याएको योगदानस्वरुप जोशीलाई सम्मान गरिएको हो । जोशीलाई सम्मान गर्दै संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीले...
काठमाण्डु, ७ असार– एकीकृत माओवादीसहति माओवादी धारका पाँच कम्युनिष्ट पार्टीले कार्यगत एकताका लागि गृहकार्य गर्न संयुक्त कार्यदल गठन गरेका छन् । एकीकृत माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पोरिसडाँडामा शनिबार बसेका पाँच दलका शीर्ष नेताको बैठकले हरेक दलबाट एक एक जना रहने गरी पाँच सदस्यीय कार्यदल...
काठमाण्डु, ७ असार– वनमन्त्री महेश आचार्यले सरकारले ल्याएको चुरे संरक्षण कार्यक्रममा अवरोध गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन । रिपोर्टर्स क्लबमा शनिबार भएको कार्यक्रममा उनले बायोलोजिक कोरिडोरका रुपमा रहेको चुरे क्षेत्रको संरक्षण गर्न सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा राष्ट्रपति चुरे तराई मधेस...
झापा, ७ असार– झापाको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) मा सम्बन्ध विच्छेदका लागि नि:शुल्क कानुनी सहायता लिन आउने महिलाको सङ्ख्या अत्यधिक रहेको छ । सन् २०१४ को पहिलो छ महिनामा विभिन्न मुद्दाका लागि सहायता लिन ६० जना महिला ल्याकमा पुगेका थिए । जसमध्ये...
धनगढी, ७ असार– संविधानसभा उपनिर्वाचनको पूर्वसन्ध्यामा कैलाली–६ को फूलबारीमा गएराति एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा काँग्रेस कार्यकर्ताको से ३ प ८०१२ र से २ प ३३२१ नम्बरको मोटरसाइकलमा एमाले कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् । काँग्रेसले आचारसंहिताविपरीत चुनावप्रचार–प्रसार गरिरहेको...