जन्ती बस दुर्घटनामा दुईको मृत्यु, १५ घाइते

काठमाण्डु टुडे २०७१ असार ७ गते १४:१५ मा प्रकाशित

अर्घाखाँची, ७ असार– अर्घाखाँचीको ठाडामा जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा जन्ती गएका रुपन्देही सालझण्डीका पुनाराम भट्टराई र जमुना पोखरेल रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको सितापुरबाट बेहुली लिएर रुपन्देहीको साझण्डी जाँदै गरेको लु १ ख ७५९३ नम्बरको जन्ती बस ठाडा  गाविसको कोप्चेबासमा दुर्घटना भएको हो ।

प्रहरीका अुनसार दुर्घटनामा अरु १५ जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us