संस्कृतिविद् जोशी सम्मानित

काठमाण्डु टुडे २०७१ असार ७ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, ७ असार– राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।
sammanउक्त संस्थाको छैटौं साधारणसभा तथा तेस्रो महाधिवेशनका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा लोक संस्कृति संवद्र्धनमा पुर्‍याएको योगदानस्वरुप जोशीलाई सम्मान गरिएको हो ।

जोशीलाई सम्मान गर्दै संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीले विविध संस्कृतिले युक्त नेपालमा सबै जाति समुदायका फरक भेषभूषा तथा संस्कृतिलाई सम्बोधन हुने गरी संविधान निर्माण गरिने बताइन् ।
उनले आगामी माधसम्म संविधान निर्माण हुनेमा आशंका नगर्न आग्रह गर्दै कला, संस्कृति तथा प्रतिभाले धनी रहेको नेपाल र नेपालीलाई एकताबद्ध गर्न समग्र देशको संस्कृतिलाई अघि बढाउन जरुरी रहेको विचार व्यक्त गरिन् ।
सम्मानित भएका जोशीले स्थानीय लोक संस्कृतिको संरक्षणबिना मुलुकको सर्वाङ्गीण विकास हुन नसक्ने भन्दै संस्कृतिको क्षेत्रमा भएका शोषणलाई अन्त्य नगरी देश तथा जनताको स्वतन्त्रता सम्भव नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us