डोल्पा, असार ७ – डोल्पामा यार्सागुम्बा व्यापारीको साथबाट गएराति चार करोड रुपैयाँ लुटपाट भएको छ । सदरमुकाम दुनैबाट चार दिन पैदल हिंडेपछि पुगिने नाउरे क्षेत्रमा यार्चासहित चार करोड रुपैयाँ लुटपाट भएको हो । यार्सा संकलन गरी पालमा बसेकाहरु र यार्सा किन्न पैसा लिएर पुगेका...
काठमाण्डु, ७ असार– संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाबारे चासो देखाएका छन् । उपचारका सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालालाई शुक्रबार न्यूयोर्कमा भेटेर मुनले स्वास्थ्य अवस्था र उपचारबारे चासो देखाएका हुन् । मुनले कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्...
तनहुँ, ७ असार –तनहुँमा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । तनहुँकोको चिसापानी–७ पाउँदीमा भएको दुर्घटनामा लमजुङ बेसीशहर नगरपालिका–११, भीमसेनस्थानका २६ वर्षीय नन्दलाल श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि चितवन मेडिकल कलेज पुर्याएकामा...
राजेन्द्र न्यौपाने, गोरखा, ७ असार -गोरखा आरुचनौटेका दुई बालक १० दिनदेखि सम्पर्क विहिन भएका छन् । आरुचनौटे गाविस वडा नं. स्थित सिद्धदेवि उमाविमा कक्षमा ६ मा अध्ययन गर्ने १३ वर्षिय रोशन राना र नेप्लिज एडभान्स बोर्डिङमा कक्षा ५ मा अध्ययन गर्ने १२ वर्षिय विपिन...
राजविराज, ७ असार –सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेकै कारण २० दिनदेखि प्रहरीको हिरासतमा रहेका सप्तरीका युवा व्यापारी अब्दुल रहमान रिहाइपछि आज गृहजिल्ला सप्तरी आइपुगेका छन् । काठमाण्डु जिल्ला अदालतले रु पाँच हजार धरौटी लिई सप्तरी पोर्ताहा गाविस–१ का रहमानलाई शुक्रबार रिहा गरेपछि आज बिहान...
काठमाण्डु, ७ असार –प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा हिजो पनि शृङ्खलाबद्ध स्वास्थ्य परीक्षण गरियो । बिहान सबेरैदेखि गरिएको स्वास्थ्य परीक्षण अपराह्न अबेरसम्म जारी रहेको र त्यस क्रममा छाती र फोक्सोको पनि परीक्षण गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली...
काठमाण्डु, ७ असार – नेकपा एमालेले आफ्नो नवौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दैछ । त्यसका लागि शनिवार देशभरका अधिकांश जिल्लामा निर्वाचन हुन लागेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए । केही जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मतीवाट भएपनि अधिकांश जिल्लामा सहमति जुट्न नसकेपछि शनिवार चुनावी प्रक्रियामार्फत...
काठमाण्डु, ७ असार – भोली हुने संविधानसभा उपनिर्वाचनको खर्च करिव ११ करोड हुने भएको छ । उपनिर्वाचनका लागि करिब १० करोड ९८ लाख ३९ हजार सात सय रुपियाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान छ । आयोगसँग मौज्दातमा रहेका विद्युतीय उपकरणबाट मतदान हुने हुँदा मतपत्र छपाइको...
काठमाण्डु,७ असार – आज विश्व संगीत दिवश । यो दिवश संसारभर एकैचोटी मनाइदै छ । संगीत दिवश मनाउन फ्रान्सदेखि सुरु भएको हो । सन् १९८२देखि अनौपचारिक रुपमा यो दिवश मनाउन सुरु गरिएको थियो । पछि सन् १९८७ देखि औपचारिक तवरले संगीत दिवश मनाउने गरिएको...
काठमाण्डु, ७ असार – सिरुटार गाविस वडा नं २ गाविस भवन नजिकै शुक्रबार राती एकघरमा हतियारसहित पसेको समूहले ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् । श्रीमान् विदेशमा रहेका प्रगति थापाको एकतले घरको छतको ढोकाको गजबार काटेर घरभित्र प्रवेश गरेका तीनजनाको...
काठमाण्डु, ७ असार– थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १५औं स्मृति दिवस आज उनका अनुयायीले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । स्मृतिका दिवसका अवसरमा विष्टको जन्मथलो मकवानपुरको पालुङ र काठमाण्डुमा कार्यक्रम हुँदेछन् । १९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मेका विष्टको २०५६ साल असार ७...
लमजुङ, ६ असार– लमजुङको कुन्छामा उच्च माध्यमिक विद्यायका शिक्षक मेघनाथ पौडेलले आफ्नै छात्रालाई बलात्कार गरेको पुष्टि भएको छ । गणित विषयका शिक्षक पौडेलले ती छात्रामाथि लामो समयदेखि यौन हिंसा गर्दै आएको रहस्य खुलेको हो । पीडित छात्राले आफू पौडेलबाट लगातार यौन हिंसाको शिकार बन्दै...