
काठमाण्डु,७ असार – आज विश्व संगीत दिवश । यो दिवश संसारभर एकैचोटी मनाइदै छ । संगीत दिवश मनाउन फ्रान्सदेखि सुरु भएको हो । सन् १९८२देखि अनौपचारिक रुपमा यो दिवश मनाउन सुरु गरिएको थियो ।
पछि सन् १९८७ देखि औपचारिक तवरले संगीत दिवश मनाउने गरिएको हो । नेपालमा भने धेरैपछि आएर विश्व संगीत दिवश मनाउन थालिएको हो । बिषेशत नेपालमा , नेपाल सांगीतिक संघको अगुवाईमा दिवश मनाइदै आएको छ ।
संघले आज विविध कार्यक्रम गरी दिवश मनाउन लागेको सचिव सन्तोष श्रेष्ठले बताए । काठमाण्डुको सिभिल ट्रेड सेन्टरमा भव्य कार्यक्रममा साथ दिवश मनाउने तयारी भएको श्रेष्ठले जानकारी दिए ।
झण्डै ४० जना कलाकारले आफ्नो प्रस्तुति देखाउने छन् । साथै दिवशकै अवसरमा संघले गीतकार रत्नशमसेर थापा, संगीतकार दीपक जंगम, गायिका मीरा राणा, बाद्यबादक नर्वु छिरिङलाई सम्मान गर्ने भएको छ ।