आज रुपचन्द्र विष्टको स्मृति दिवस

काठमाण्डु टुडे २०७१ असार ७ गते २:४१ मा प्रकाशित

काठमाण्डु, ७ असार– थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १५औं स्मृति दिवस आज उनका अनुयायीले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।
rupchandraस्मृतिका दिवसका अवसरमा विष्टको जन्मथलो मकवानपुरको पालुङ र काठमाण्डुमा कार्यक्रम हुँदेछन् ।

१९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मेका विष्टको २०५६ साल असार ७ गते आजैका दिन काठमाण्ण्डुमा निधन भएको थियो ।
विष्टले २०२८ सालतिर मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए ।

‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने नाराका साथ विष्टले चलाएको भएको शिक्षा आन्दोलन व्यवहारमै लागू भएको मानिन्छ । त्यतिबेला छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था विष्टले ल्याएका थिए ।

  सबै मानिसले थाहा पाउनुपर्छ भनेर आन्दोलन चलाएका भएका विष्टले निष्पक्ष–सक्रियताको–अभ्यास थाहा भन्ने सिद्धान्त नै प्रतिवादन गरेका थिए । त्यसैले उनलाई थाहा आन्दोलनका प्रणेताका रुपमा मानिने गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us