दश दिनदेखि दुई बालक सम्पर्क विहिन

काठमाण्डु टुडे २०७१ असार ७ गते ६:०४ मा प्रकाशित

राजेन्द्र न्यौपाने, गोरखा, ७ असार -गोरखा आरुचनौटेका दुई बालक १० दिनदेखि सम्पर्क विहिन भएका छन् । आरुचनौटे गाविस वडा नं. स्थित सिद्धदेवि उमाविमा कक्षमा ६ मा अध्ययन गर्ने १३ वर्षिय रोशन राना र नेप्लिज एडभान्स बोर्डिङमा कक्षा ५ मा अध्ययन गर्ने १२ वर्षिय विपिन रोका जेठ २९ गतेदेखि हराएका हुन् ।

विद्यालय जान भनेर घरबाट निस्किएका उनीहरु त्यस दिन देखि नै विद्यालय गएका छैनन् । सेतो सर्ट र ब्राउन कलरको पाईन्टमा रोका छन् भने आकाशे रंङको सर्ट र निलो पाईन्टमा राना रहेका सिद्धदेवि उमाविका शिक्षक अशोक रानाले जानकारी दिए ।

दश दिन सम्म छोरा घर नफर्के पछि खोजिका लागि इलाका प्रहरी कार्यालय आरुघाटमा खोजिका लागि पहल गरिदिन निवेदन दिएको विपिनका बाबु शेर बहादुर रोकाले बताए । जेठ २९ गते विहिबार आरुघाटमा देखिएका दुई बालक परिवारको सम्पर्कमा नभएपछि अभिभावकहरु चिन्तित बनेका छन् ।

उनीहरुलाई फेला पार्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us