उपनिर्वाचनको खर्च ११ करोड

काठमाण्डु टुडे २०७१ असार ७ गते ३:४० मा प्रकाशित

काठमाण्डु, ७ असार – भोली हुने संविधानसभा उपनिर्वाचनको खर्च करिव ११ करोड हुने भएको छ । उपनिर्वाचनका लागि करिब १० करोड ९८ लाख ३९ हजार सात सय रुपियाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान छ ।
आयोगसँग मौज्दातमा रहेका विद्युतीय उपकरणबाट मतदान हुने हुँदा मतपत्र छपाइको कार्य ठूलो संख्यामा गर्नु नपरेका कारणले पनि खर्च कम भएको आयोगले जनाएको छ ।
आयोगले भोली विहान ७ बजेदेखि बेलुका पाँचबजेसम्म मतदान गर्न सक्ने जनाएको छ भने पर्सी विहान ९ बजे नै मतपरिणाम सार्वजनिक हुने जनाएको छ । निर्वाचन आयोगले हिजोदेखि नै मौन अवधि कायम रहेको भन्दै निर्वाचनसम्बन्धी प्रचारप्रसार नगर्न भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us