जिपको ठक्करबाट मोटरसाइल चालकको मृत्यु

काठमाण्डु टुडे २०७१ असार ७ गते ७:२२ मा प्रकाशित

तनहुँ, ७ असार –तनहुँमा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

तनहुँकोको चिसापानी–७ पाउँदीमा भएको दुर्घटनामा लमजुङ बेसीशहर नगरपालिका–११, भीमसेनस्थानका २६ वर्षीय नन्दलाल श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएकामा त्यहीँ मृत्यु भएको प्रहरलिे जनाएको छ।

डुम्रेबाट बेसीशहर जाँदै गरेको ग १ च ७२४९ नम्बरको जीप र बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको ग ७ प ४१९१ नम्बरको मोटरसाइकल घुम्ती सडकमा ठोक्किएर दुर्घटना भएको हो ठक्कर दिएर भाग्दै गरेको जीप र चालक गोखरा च्याङलिका सीताराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us