अर्काकी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने शिक्षक हटाउन माग

काठमाण्डु टुडे २०७१ असार ७ गते १२:५४ मा प्रकाशित

नुवाकोट, ७ असार– अर्काकी श्रीमतीसँग अवैध यौन सम्बन्ध राखेको भन्दै नुवाकोट तारुकाका एक विद्यालयका शिक्षकलाई निष्काशन गर्न स्थानीयले माग गरेका छन् ।

जिल्लाको कृष्ण उच्च मावि तारुकाका अंग्रेजी विषयका शिक्षक खुमलाल तिमल्सेनालाई विद्यालय छेवैकी एक महिलाका श्रीमतिसँग अवैध यौन सम्बन्ध राखेको आरोपमा विद्यालयबाट हटाउन माग गरेका हुन् ।

श्रीमान विदेशमा रहेका ती महिलालाई चार दिनसम्म काठमाण्डु लगेर राखेको भन्दै गाउँलेले केही दिनअघि कुटपिट गरेका थिए । घरमा तीन श्रीमती भएका तिमल्सिनाले अर्काको घर भाँड्न खोजेको आरोप स्थानीयको छ ।

एक वर्षअघि पनि आफ्नै छात्रासँग अनुचित सम्बन्ध राखेको आरोपमा स्थानीयले उनलाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका थिए । शिक्षक तिमल्सिनामाथि लागेको आरोपबारे बुझ्ने काम भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वुद्धिमान श्रेष्ठले बताए ।
स्थानीयले महिलासहित प्रहरीमा बुझाएका तिमल्सिनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले छाडेको छ ।

महिलाले कुनै उजुरी नदिएको र दुवै पक्ष मिल्ने र विवाह गर्ने सर्तमा जिल्ला प्रहरीले छाडेको हो । धादिङ सल्यानकोट स्थायी घर भएका तिमल्सिना विगत ९ वर्षदेखि उक्र विद्यालयमा कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us