उपनिर्वाचनमा महिला मतदाता बढी

काठमाण्डु टुडे २०७१ असार ६ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, ६ असार– निर्वाचन आयोगले संविधानसभा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
nilakanthaनिर्वाचन आउन दुई दिन बाँकी छँदा शुक्रबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।

उनले उपनिर्वाचनमा विद्युतीय भोटिङ मेशिनबाट मतदान गराइने जानकारी दिए । उनले उपनिर्वाचनमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको जानकारी दिए ।
गत ४ मंसिरमा सम्पन्न संविधानसभा संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित सभासदले छाडेका ४ क्षेत्रमा ८ असारमा उपनिर्वाचन हुँदैछ । काठमाण्डु–२, चितवन–४, बदिर्या–१ र कैलाली–६ मा निर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा ६० जना राजनीतिक दल र १६ स्वतन्त्र उम्मेदवारले दर्ता गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us