एमाले महाधिवेशनबारे अमेरिका र भारतको चासो

काठमाण्डु टुडे २०७१ असार ६ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, ६ असार– एमाले महाधिवेशन मिति नजिकिँदै गर्दा अमेरिकी र भारतीय राजदूतले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन् ।
madhav nepal 2नेपालका लागि अमेरिकी राजदूत विलियम पिटर बोडी र भारतीय राजदूत रञ्जित रेले कोटेश्वरस्थित निवासमै पुगेर महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका नेपाललाई शुक्रबार भेटेका हुन् ।

छुट्टाछुट्टै भेटमा दुवै राजदूतले एमालेको आसन्न नवौं राष्ट्रिय महाधिवेशनका विषयमा चासो राखेको एमालेको नवौं महाधिवेशनका विषयमा चासो राखेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । जवाफमा नेपालले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र नीति, नेतृत्व र वैचारिकबारे बहस भइरहेको बताएका थिए ।

यस्तै भेटमा पछिल्लो राजनीतिक अवस्था, नेपालको विकासमा ती देशले गरिरहेको र आगामी दिनमा गर्ने सहयोग लगायतका विषयमा समेत कुराकानी भएको गौतमले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us