नेपाल र ओलीको पत्रकार सम्मेलन एकघर वरपर

काठमाण्डु टुडे २०७१ असार ६ गते ८:३१ मा प्रकाशित

काठमाण्डु, ६ असार – एमाले अध्यक्ष हत्याउने दौडमा लागिपरेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको एक दिनअघि शुक्रबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

KP-Oli-Madhav-Nepalओलीले दिउँसो २ बजे नयाँ बानेश्वर अल्फा हाउसमा पत्रकार सम्मेलन गरेका छन भने नेपालले सँगै जोडिएको इन्द्रेणी कम्प्लेक्समा आजै ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन्  ।

एमालेले संविधानसभा उपनिर्वाचन हुने चार जिल्ला बाहेकमा शनिबार एकसाथ प्रतिनिधि चयन गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us