प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण आज

काठमाण्डु टुडे २०७१ असार ५ गते २:४१ मा प्रकाशित

काठमाण्डु, ५ असार– अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाको आज स्वास्थ्य परीक्षण हुँदैछ ।
Sushil-Koiralaकोइरालाले अमेरिकाको न्यूयोर्क म्यानहटनस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा स्वास्थ्य परीक्षण गराउन लागेका हुन् ।

नेपालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा फोक्सोमा सोतो दाग देखिएपछि चिकित्सकको सल्लाहका थप परीक्षण र उपचारका लागि कोइराला सोमबार अमेरिका गएका थिए ।

कोइरालाको एफएनएसी, बायोप्सी र पीईटी स्क्यानजस्ता आधुनिक परीक्षण गरिने चिकित्सकहरुले बताएका छन् । ७ वर्षअघि कोइरालाले सोही अस्पतालमा जिब्रोको क्यानसरको शल्यक्रिया गरिएको थियो ।

त्यसयता कोइरालाले जिब्रोको क्यान्सरको उपचार र नियमित परीक्षण सोही अस्पतालमा गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us