काठमाण्डु, ४ असार– अबदेखि सर्वोच्च अदालतमा जस्तै जिल्ला न्यायाधीशमा पनि कानुन व्यवसायी नियुक्त हुने भएका छन् ।
त्यसका लागि सर्वोच्च अदालतले बुधबार बाटो खुला गरेको छ । सर्वोच्चले जिल्ला अदालतमा न्यायाधीश नियुक्ति गर्दा कानुन व्यवसायीलाई पनि समावेश गर्न परमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको इजलासले त्यसका लागि आवश्यक ऐन बनाउन समेत सरकारका नाममा आदेश जारी गरेको छ ।
अन्तरिम संविधानमा कानुन व्यवसायीसमेत जिल्ला तहदेखि नै न्याय सम्पादनमा सहभागी हुन पाउने व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै अधिववक्ता तोयनाथ ढुंगानाले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।