कालोसूचीका व्यक्ति त्रिवि सेवा आयोगमा

काठमाण्डु टुडे २०७१ असार ५ गते २:१३ मा प्रकाशित

काठमाण्डु, ५ असार –विश्वविद्यालय अनुदान आयोगको कालोसूचीमा परेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । त्रिविका रसायनशास्त्र विभागका प्रमुख प्राध्यापक केदारनाथ घिमिरेलाई मंगलबार सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो।

 प्राध्यापक घिमिरेलाई आयोगले २०७० कात्तिक १५ गते कालो सूचीमा राखेको थियो। आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीका लागि २ हजारभन्दा बढी पदमा नियुक्त गर्ने विज्ञापन गरिसकेको छ । यस सन्दर्भमा सो नियुक्तिले विशेष अर्थ राख्ने भएकाले नेपाल प्रगतिशिल प्राध्यापक संगठनलगायत अन्य संघ संगठनले विरोध जनाएका छन् ।

 शिक्षा मन्त्री चित्रलेखा यादवको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले आफू स्वास्थ्य उपचारका लागि अमेरिका जानुपूर्व घिमिरेलाई त्रिवि सेवा आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेका थिए। सो निर्णय कार्यान्वयन गर्दै घिमिरेलाई नियुक्ति पत्र दिइएको छ।

विश्वविद्यालय अनुदान आयोगसँग भएको सम्झौता विपरित त्रिविका विभागीय प्रमुख घिमिरेले केमिकल मोडिफिकेसन अफ नेच्युरल पोलिमर्स एन्ड दियर एप्लिकेसन इन बेस्ट ड्रिङकिङ वाटर शीर्षकमा अनुसन्धान गर्दा अर्काको अनुसन्धान कृतिको हुबहु साभार गरेकाले आयोगले कालोसूचीमा राखेको थिपयो । विश्वविद्यालय अनुदान आयोग रिसर्च काउन्सिलको २०७० असोज ११ गते बसेको बैठकले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us