भारतद्वारा सुस्तामा फेरि अतिक्रमण

काठमाण्डु टुडे २०७१ असार ३ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, ३ असार–पछिल्लो समय भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण बढ्दो छ ।
यो साता मात्रै भारतीय पक्षले करिव १ सय बिघा नेपाली भूमी अतिक्रमण गरेका छन् । गित देखिनै भारतले अतिक्रमण गर्दै आएको नवलपरारीको सुस्तामा फेरी भारती पक्षले नेपाली भूमी अतिक्रमण गरेका हुन ।

एक साता यता सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेका हुन । पक्लिहवाको ठाडीदेखि रामनगर हुदै आउने ५ नम्बर ठोकरको टापुलाई भारतीय भुभाग भन्दै भारती पक्षले अतिक्रमण गरेका हुन ।

पछिल्लो पटक भारतीयबाट अतिक्रमण गरिएको नेपाली भूभाथ लामो समय देखी नेपाली नागरीकले उपभोग गर्दै आएको नेपाली भूमि रहेको सुस्तामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्पले बताएको छ । एसएसबीको सहयोगमा भारतीय नागरिकहरुले सुस्ता स्थित नेपाली भूभावमा खनजोत गर्न थालेका छन् ।

(एसएसबी)को धम्कीका कारण त्यस क्षेत्रमा रहेका नेपालीहरुले भूमि अतिक्रण बिरोध गर्न नसकेको स्थानियवासी बताउछन् । एसएसबीले भारतीय नागरिकलाई नेपाली भूमि अतिक्रण गर्न उक्साएको उनीहरुको भनाई छ । भूमि अतिक्रमण पछि सुस्तामा केही दिन यता दुई पक्ष बिचको बिबाद बढ्दो छ । समस्या समाधानका लागि सुस्तामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्पले प्रयास गरे पनि समस्या समाधान हुन नसकेको स्थानिय बताउछन् ।

अतिक्रमण गरिएको नेपाली भूमिमा विहारका नागरिक बसाल्न खोजिएको सुस्तावासीको आरोप छ । सुस्तावासीले तत्काल विवाद समाधान गर्न सरकारसंग माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us