एआईजी बढुवा नगर्न दिएको निर्देशन खारेज

काठमाण्डु टुडे २०७१ असार ३ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, ३ असार– पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक डिआईजी बढुवा नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।
police_logoन्यायाधीशद्वय द्वारिकामान जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो । योस‘गै एआईजी बढुवाको ढोका खुलेको छ ।
बढुवा सिफारिसमा परेका ६ ढिआईजीले अन्तरिम आदेश खारेजीका लागि निवेदन दिएका थिए । बढुवा सिफारिस न्यायसंगत नरहेको भन्दै बढुवामा नपरेका डिआईजी पर्शुराम खत्रीले दायर गरेको रिटमा अदालतले गत जेठ २६ मा मुद्धाको टुंगो नलागेसम्म सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले अन्तरिम आदेश जारी नगर्दा अपूरणीय क्षति हुने नदेखिएकाले अघिल्लो फैसला खारेज गरेको जनाएको छ । नयाँ नियमावलीअनुसार गृहसचिव अध्यक्ष रहने सिफारिस समितिले गत जेठ १३ मा डिआईजीहरु राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदलाई एआईजी बढुवा गर्न सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us