कोइरालाको स्वास्थ्य परीक्षण भोली

काठमाण्डु टुडे २०७१ असार ४ गते २:३७ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, ४ असार – प्रधानमन्त्री सुशील कोइरालाको भोली स्वास्थ परिक्षण हुने भएको छ ।

कोइरालाका साथमा निजी चिकित्सक डाक्टर करबिर नाथ योगी, परिवारका सदस्य मृदुला कोइराला र सुरक्षा गार्डका रुपमा सेनानी प्रकाश देउजा रहेका छन् ।

न्युयोर्कको स्लोन मेमोरियल केटरिङ सेन्टरमा दुई पटक स्वास्थ्य परिक्षण हुने बताईएको छ ।

यस अघि प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करबिर नाथ योगीले रेडियोलोजिस्टहरुको रायलाई मध्यनजर राखी दागको एफएनएसी, बायोप्सी र पीईटी स्क्यानजस्ता आधुनिक परीक्षण गर्न प्रधानमन्त्री अमेरिका जानुपरेको बताएका थिए ।
प्रधानमन्त्री कोइरालाले स्वास्थ्य परिक्षण गरे लगत्तै आगामी साता गैर आवासीय नेपाली संघ अमेरिकाका नव निर्वाचित पदाधिकारीलाई सम्बोधन गर्ने अनौपचारिक तयारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us