उपनिर्वाचनमा प्रधानमन्त्रीको तस्वीर दुरुपयोग

काठमाण्डु टुडे २०७१ असार ३ गते १५:०५ मा प्रकाशित

चितवन, ३ असार – जिल्ला निर्वाचन कार्यालय चितवनले आगामी ८ असारमा हुने उपनिर्वाचनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तस्वीर दुरुपयोग भएको भन्दै Sushil-Koiralaत्यसो नगर्न निर्देशन दिएको छ ।

चितवन–४ मा हुने उपनिर्वाचनका लागि प्रधानमन्त्रीको तस्वीर अंकित पर्चा वितरण गरेर चुनाव प्रचार–प्रसार गरिएको भन्दै निर्वाचन कार्यालयले आपत्ति जनाएको हो । प्रधानमन्त्री कोइराला गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उक्त क्षेत्रमा विजयी भएका थिए ।

बाँके–१ बाट समेत निर्वाचित भएका उनले चितवन–४ छाडेका थिए । आयोगले बहालवाला प्रधानमन्त्रीको तस्वीर छाप्नु आचारसंहिताविपरीत रहेको आयोगको भनाइ छ । निर्वाचन आयोगले प्रधानमन्त्री काँग्रेस सभापति भएपनि हाल सरकार प्रमुख रहेकाले उनको तस्वीरसहितको पर्चा बनाएर वितरण गर्न नहुने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us