दमक, ३ असार – झापा, जुरोपानीकी ११ वर्षीया एक बालिका घरबाटै हराएको चार दिनपछि मृत फेला परेकी छन् । जुरोपानी–९ का परदेशी राजवंशी र सजनावती राजवंशीकी छोरी अस्मिताको शव घरनजिकैको सिसौघारीमा फेला परेको हो ।
गएको शुक्रबारदेखि घरबाटै हराइरहेकी उनको शव घरदेखि करिब २ सय मिटर दक्षिणमा लहराले छोपिएको अवस्थामा हिजो साँझ फेला परेको थियो । ज्याला मजदुरी गर्न गएका बेला अचानक अस्मिता एकाएक बेपत्ता भएकी थिइन् । उनी स्थानीय स्थानीय अरुणोदय प्राविमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
मृतक बालिकाको ओंठ काटिएको छ भने कानसहित शरीरका विभिन्न भागमा घाउचोट देखिएको छ । घटना रहस्यमयी देखिएकाले शवपरीक्षणपछि मात्र वास्तविकता थाहा हुने प्रहरीले जनाएको छ ।