वीरगञ्जमा सर्पदंशका बिरामी बढे

काठमाण्डु टुडे २०७१ असार ३ गते ३:४४ मा प्रकाशित

काठमाण्डु, ३ असार – वीरगन्जमा सर्पदंशलगायतका अन्य बिरामीको चाप बढेको छ । अत्यधिक गर्मीका कारण विषालु सर्पहरु बाहिर आउने गरेको कारण यसको दंशबाट प्रभावित हुने बिरामीको सङ्ख्या बढेको नारायणी अस्पताल वीरगन्जले बताएको छ ।

अस्पतालमा अहिले सर्पदंशका पाँचजनासम्म बिरामी आउने गरेको र अन्य प्रकारका बिरामीको पनि सङ्ख्या बढेको नारायणी अस्पतालका प्रमुख चिकित्सक रामशङ्कर ठाकुरले बताए ।

करेत, गोमनलगायतका सर्पहरुको बिगबिगी तराईका जिल्लाहरुमा बढेको र नारायणी अस्पताल वीरगन्जसहित यस आसपासका बिरामीहरु उपचारका लागि आउने भएका कारण अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका चिकित्सकले बताएका छन् ।

यसैगरी निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us