पशुपतिमा नयाँ भट्ट

काठमाण्डु टुडे २०७१ असार २ गते १३:४३ मा प्रकाशित

काठमाण्डु, २ असार– संसारका हिन्दूहरुका आराध्यदेवका नामले चिनिने पशुपति मन्दिरका मूल पूजारीमा गणेश भट्ट नियुक्त भएका छन् ।

pashupatiपशुपति क्षेत्र विकास कोषको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले सोमबार भट्टलाई मूल पूजारी तोकेका हुन् ।

कोषको संरक्षकका हैसियतमा सरकार प्रमुखले मूल पूजारी नियुक्त गर्ने व्यवस्था छ । कोषको आइतबारको बैठकले मूल भट्ट महावलेश्वरको राजीनामा स्वीकृत गर्दै गणेशलाई मूल पूजारी नियुक्त गर्न सिफारिस गरेको थियो ।

मूल भट्ट महावलेश्वरले घरायसी कारण देखाउंदै गत कात्तिकमा राजीनामा दिएका थिए । कोषका सदस्यसचिव गोविन्द टण्डनले पशुपतिको मन्दिरको सम्पूर्ण पूजाआजा सोमबारबाटै नयाँ भट्टले सम्हालेको बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us