अमेरिका एनआरएनमा जिसी

काठमाण्डु टुडे २०७१ असार ३ गते ७:१० मा प्रकाशित

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएन), अमेरिका राष्ट्रिय समन्वय परिषदको नेतृत्वमा खगेन्द्र जिसी निर्वाचित भएका छन् ।

americaपेशाले वकिल रहेका जिसीले हालै सम्पन्न निर्वाचनमा एक हजार नौं सय १८ मत प्राप्त गरे । मत गणना अनुसार जिसीका निकटतम प्रतिद्धन्द्धी शिव राईले आठ सय ८ मत ल्याए भने अर्का उम्मेदवार बिष्ण्ुाहरि धौराली एक सय ३६ मतमा सिमित रहे ।

निर्वाचन मार्फत अमेरिकाको एनआरएन नेतृत्व चुनिएको यो पहिलो पटक हो । झण्डै चार हजार मतदाता रहेको निर्वाचनमा विभिन्न पदमा चार दर्जनले उम्मेदवारी दिएका थिए ।

वरिष्ठ उपाध्यक्षमा लोक तिवारी, उपाध्यक्षमा द्धय श्रीपराजुली र बनिता कतिला र महासचिव पदमा कृष्ण पोख्रेलले निर्वाचन जितेका छन् । त्यसैगरी सहसचिवमा दिल श्रेष्ठ, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा संजीव श्रेष्ठले जित हात पारे ।

निर्वाचित हुने अन्य सदस्यहरुमा जनसम्पर्क पदमा नारायण गुरुङ, मिडिया कोडिर्नेटरमा कृष्ण संजेल एवम बोर्ड अफ डाईरेक्टरहरुमा बिष्ण्ुामान प्रधान, बैकुण्ठ खनाल, धर्म भट्टराई, राधा पौडेल, लक्ष्मी बजगाईं, सरोज श्रेष्ठ र बलराम थापा छन् ।

त्यस्तै एनआरएन अन्तर्रािष्ट्रय समन्वय परिषद (आईसीसी) सदस्यहरुमा राजा घले, चिकित्सक विनोद साह र नविन शेरचन चुनिए । निर्वाचन कमिटी संयोजक वकिल विनोद रोकाको नेतृत्वमा आईतबार न्युयोर्कमा मतगणना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us