काठमाण्डु, २५ भदौ– संविधानसभाका अन्तरवस्तुबारे छलफल गर्न जुट्दा एउटा पार्टीका शीर्षस्थ नेताले अश्लील हर्कत देखाएपछि नेपालका नेताहरुको असली औकात छर्लंग भएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा भएको घटना हो यो । खै ! प्राज्ञ र विज्ञहरुसँग पर्याप्त छलफल भएको ? खै तिनको सुझाव बटुलेको...
काठमाण्डु, २५ भदौ– गत शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह र पञ्चायतकालीन पृष्ठभूमिका ४ पूर्वप्रधानमन्त्रीबीच नागार्जुनमा गोप्य भेटवार्ता भएको समाचार सञ्चार माध्यममा आयो । दिवाभोजसहित भएको उक्त भेटमा पूर्वप्रधानमन्त्रीहरु तुलसी गिरी, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सहभागी भएको समाचार आएको थियो । तर समाचारमा...
नुवाकोट, २५ भदौ– नुवाकोटको मदानपुर–९ अधेँरी खोलामा पहिरो जाँदा बीचैमा अलपत्र परेका ९० जना यात्रुको प्रहरीले उद्धार गरेको छ । अधेँरी खोलाको दुई तिरबाट पहिरो खसेपछि बीचमा परेका बस र मोटरसाइकलबाट ती यात्रुको उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालयसहित तादी पुल र ककनीबाट...
काठमाण्डु, २५ भदौ– गैरकानुनीरुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली दक्षिण अमेरिकी मुलुक कोष्टारिकामा पक्राउ परेका छन् । उनीहरुलाई त्यहाँको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । । दलालहरुले निकारागुवातर्फ लगिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले कोष्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ । सेन्ट्रल प्यासिफिक...
काठमाण्डु, २५ भदौ– व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाओवादी सभासद जनार्दन शर्माले जनमैत्री अस्पतालको पैसा आफ्नो घरमा जम्मा गर्न लगाउने गरेको र संसदमा भन्दा बढी समय अस्पतालमा बिताउने गरेका छन् । केही दिनअघि नोबेल समूहलाई जनमैत्री अस्पतालबाट एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले...
बागलुङ, २५ भदौ – नेपाली कांग्रेस नेता शेखर कोइरालाले सभापति कोइराला र नेता शेरबहादुर देउवाको भागबण्डाको राजनीतिले कार्यकर्ताको सम्मान गुमेको बताएका छन् । पार्टीमा सुशील कोइरालाको ६० र देउवाको ४० प्रतिशत भागबण्डामा टिके राजनीतिको संस्कार तोड्ने जिम्मा अब कार्यकर्तामा आएको उनले बताए । नेपाली...
पोखरा, २५ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने आफूहरुको माग सम्बोधन नभए संघर्षमा जाने चेतावनी दिएका छन् । राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले बुधबार पोखरामा गरेको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले सडक र सदनमार्फत पार्टीका एजेण्डा सशक्त रुपमा उठाउने...
काठमाण्डु, २५ भदौ– दसैंका लागि राजधानी बाहिरिने यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । सरकार र व्यवसायीबीचको पूर्वसहमतिअनुसार आजबाट टिकट बुकिङ खुलेको हो । केही व्यवसायीले तोकिएको समय अगावै टिकट बिक्री गरेको पाइएपछि यातायता व्यवस्था भिवागले ती व्यवसायीमाथि कारबाही प्रक्रिया थालेको छ...
काठमाण्डु, २५ भदौ– एकीकृत माओवादीसहित प्रतिपक्षी दलले आज पनि व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्ने भएका छन् । प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलले चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै लगातार संसद चल्न दिएका छैनन् । एक साताअघि बसेको बैठक पनि विपक्षीले अवरुद्ध गरेपछि आजसम्मका लागि स्थगित भएको...
हङकङ– एकीकृत माओवादीको हङकङ शाखा अध्यक्षमा रविन लिङदेन चयन भएका छन् । एमाओवादीका सचिव वर्षमान पुन र अन्तराष्ट्रिय विभाग सचिव युवराज चौलागाईंको उपस्थितिमा जोर्डनस्थित नमोबुद्घ क्लब हाउसमा सम्पन्न शाखाको दोश्रो अधिवेशनले लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले नेपाली जनप्रगतिशील मञ्च हङकङ पनि गठन...
काठमाण्डु, २५ भदौ– कार्यकर्तालाई रोजगार नदिएको तथा अन्य स्थानीय मुद्दा उठाउँदै सत्तारुढ नेपाली कांग्रेसले नै एक हजार मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा अवरोध खडा गरेको छ । राष्ट्रिय प्राथमिकता तथा गौरव आयोजना सूचीमा पहिलो नम्बरमा रहेको बूढीगण्डकीको गोरखातर्फको अध्ययन कांग्रेस कार्यकर्ताको अवरोधले तीन...
काठमाण्डु, २५ भदौ– बनाउन खोज्दा झन् बिग्रने समस्याले दुवै माओवादी भद्रगोलमा फसेका छन् । मिल्नै नसक्ने भएपछि फरकफरक बाटो रोजेका दुई समूह आ–आफ्नो बाटो स्पष्ट गर्न नसकेर झन् अन्योलमा फसेका छन् । बहिस्कार गर्दा पनि निर्वाचन सफल भएर संविधानसभाले गति लिन थालेपछि नेकपा–माओवादीले अबको...