समाचार

केपी र रामशरणले विदेशमा संघीयता चाहिंदैन भनेको भन्दै माओवादी मोर्चा आक्रोशित

२०७१ भदौ २४ गते १४:००

काठमाण्डु, २४ भदौ–एकीकृत माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले संघीयताबारे आफ्ना धारणा स्पष्ट गर्न सत्तारुढ काँग्रेस–एमालेसँग माग गरेका छन् । मोर्चा आवद्ध दलहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका छन् ।१२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, शान्ति सम्झौता, अन्तरिम संविधान, ४...

रामचन्द्रले फर्काए सुशीललाई यस्तो जवाफ

२०७१ भदौ २४ गते १३:१९

काठमाण्डु, २४ भदौ– कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाले आफूमाथि लगाएको गुटबन्दीको आरोपको खण्डन गरेका छन् । पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत मंगलबार कोइरालालाई जवाफ फर्काएका हुन् । ट्वीटमा पार्टीमा गुटबन्दी र भागवण्डाको राजनीति अन्त्यका लागि बीपी विचार यात्रा गरेको उनको...

बाबुराम पक्षको सामानान्तर कार्यालय बन्द गर्न एमाओवादीको निर्देशन

२०७१ भदौ २४ गते १३:०९

काठमाण्डु, २४ भदौ– एकीकृत माओवादीले नेता बाबुराम भट्टराई पक्षले गोरखामा खोलेको समानान्तर पार्टी कार्यालय बन्द गर्न निर्देशन दिएको छ । शीर्ष नेता सम्मिलित वैचारिक बहस व्यवस्थापन समितिको मंगलबारको बैठकले नेता उक्त कार्यालय बन्द गर्न निर्देशन दिएको हो । बैठकले समानान्तर कमिटीहरु पनि नबनाउने सहमति...

मोहन वैद्य सुशील कोइरालाका मिल्ने साथी !

२०७१ भदौ २४ गते १२:४५

काठमाण्डु, २४ भदौ- प्रधानमन्त्री सुशील कोइरालाले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य आफ्नो नजिकको मित्र भएको बताएका छन् । नेपाली काँग्रेसले सञ्चालन गरेको एक महिने बीपी विचार यात्राको मंगलबार काठमाण्डुको सुन्दरीजलमा समापन गर्दै कोइरालाले वैद्यसँग आफू निरन्तर सम्पर्क र सौहार्दपूर्ण वातावरणमा संवाद भइरहेको बताए । डडेल्धुरामा...

खुमबहादुर बोल्दा कमल थापा छायाँमा

२०७१ भदौ २४ गते १२:२९

दाङ, २४ भदौ– कांग्रेस नेता खुमबहादुर खड्काले नेपाल हिन्दू राज्य नभए संविधान च्यात्ने चेतावनी दिएका छन् । बीपी कोइरालाको १ सयऔं जन्मजयन्तीका असरमा मंगलबार दाङमा भएको कार्यक्रममा खड्काले हिन्र्दू राज्य नभए नयाँ संविधानको मस्यौदा च्यात्ने चेतावनी दिए । स्वतन्त्रता र अखण्डता बचाउन हिन्दू राज्य...

हिलोमा चिप्लिएर गृहमन्त्री घाइते, नली खुट्टामा चोट

२०७१ भदौ २४ गते १२:१६

काठमाण्डु, २४ भदौ– सिन्धुपाल्चोकको जुरेस्थित पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लडेर घाइते भएका छन् । गौतमको नली खुट्टामा चोट लागेको उनका एक सहयोगीले बताए ।  पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्कने क्रममा गौतम बुधबार जुत्ता चिप्लिएर लडेका हुन्...

लोडसेडिङको विरोध गर्दै प्रदर्शनमा उत्रिए प्रधानमन्त्रीका मतदाता

२०७१ भदौ २४ गते ९:१५

नेपालगञ्ज, २४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचन जितेको बाँकेको नेपालगन्जमा लोडसेडिङको विरोधमा प्रदर्शन भएको छ । विद्युत प्राधिकरणले दैनिक १५ घन्टासम्म विद्युत कटौती गरेका कारण जनजीवन प्रभावित भएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका गरेका हुन् । विद्युत नियमित हुनुपर्ने माग गर्दै सर्वसाधारणले नगरका विभिन्न मागमा...

सञ्चार क्षेत्रले दबिएका आवाजलाई स्थान दिएन: राई

२०७१ भदौ २४ गते ८:५७

काठमाण्डु, २४ भदौ– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेपाली सञ्चार माध्यमले दबिएकाहरुको आवाजलाई समेट्न नसेकेको आरोप लगाएका छन् । पार्टी मुखपत्र ‘संघीय समाचार’ साप्ताहिकको बुधबार राजधानीमा सुभारम्भ गर्दै राईले लोकतन्त्र बहालीपछि नेपालमा सञ्चार क्षेत्र फले–फूले पनि दबेका आवाज समेट्न नसकेको भन्दै सञ्चार क्षेत्रप्रति...

दाइजो नल्याएको निहुँमा ३ वर्षसम्म शौचालयमा थुनिइन् महिला

२०७१ भदौ २४ गते ८:४२

काठमाण्डु २४ भदौ– भारत बिहारको दरभंगामा माइतीबाट दाइजो नल्याएको भन्दै एक महिलालाई परिवारले तीन वर्षसम्म शौचालयमा थुनेर राखेको खुलासा भएको छ । पीडित महिलामा श्रीमान प्रभासकुमार सिंहले परिवारका अरु सदस्यसँगको मिलेमतोमा श्रीमतिमाथि त्यस्तो अमानीय हर्कत गरेका हुन् । पीडित महिलाको स्थानीय प्रहरीले ती महिलालाई...

एकल महिलालाई जवर्जस्ती ज्वाईंसँग विवाह गराइदिने ६ पक्राउ

२०७१ भदौ २४ गते ८:२३

काठमाण्डु, २४ भदौ– चितवनमा एक एकल महिलालाई जवर्जस्ती विवाह गराइदिएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रविता गोले, बुद्धिमाया विक, सरस्वती ब्लोन, वीरबहादुर सिंतान, पदमबहादुर तामाङ र ऋषिराम मरहट्ठा छन् । इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारीअनुसार उनीहरुले पदमपुर–८ दुईसय विगाहकी...

वैद्यको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न माग

२०७१ भदौ २४ गते ७:५९

काठमाण्डु, २४ भदौ– नेकपा–माओवादीका सचिव देव गुरुङले प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघीइ महासभामा भाग लिन गए पनि दलहरुवीच सहमति भए अनुसारको राष्ट्रिय राजनीतिक सम्मेलन गर्न सकिने बताएका छन् । रिपोर्टर्स क्लबमा बुधबार भएको साक्षात्कारमा उनले प्रधानमन्त्री अमेरिका जानु अघिल्लो दिन असोज २ गते...

श्रीमानको मृत्युको पीडाले श्रीमतिद्वारा आत्महत्या

२०७१ भदौ २४ गते ७:४४

उदयपुुर, २४ भदौ– कतारमा मृत्यु भएका श्रीमानको शव घरमा ल्याएकै दिन पीडा सहन नसकेर त्रियुगा नगरपालिका–१७ गैरुनकी एक महिलाले सोमबार आत्महत्या गरेकी छन् । प्रहरी नायब उपरीक्षक जयराम सापकोटाका अनुसार २४ वर्षीया संगीता बातर सदाले सोमबार श्रीमान्को शव घरमा ल्याएपछि घरभित्रै विष सेवन गरेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us