हिलोमा चिप्लिएर गृहमन्त्री घाइते, नली खुट्टामा चोट

काठमाण्डु टुडे २०७१ भदौ २४ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– सिन्धुपाल्चोकको जुरेस्थित पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लडेर घाइते bamdevभएका छन् ।
गौतमको नली खुट्टामा चोट लागेको उनका एक सहयोगीले बताए ।  पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्कने क्रममा गौतम बुधबार जुत्ता चिप्लिएर लडेका हुन् ।

हिलोमा लडेरका उनलाई सुरक्षाकर्मीले उठाएर तत्काल स्थानीय सिन्धु सदाबहार अस्पताल पुर्यानएका थिए । घाउमा पाँच टाँका लगाइएको छ । पहिरोले सुनकोसी नदी थुनिएपछि बनेको ताल खुलेपछिको अवस्था बुझ्न गृहमन्त्री गौतम त्यहाँ पुगेका थिए ।

गौतमको पाइन्ट पूरै च्यातिएको छ । उनी सुरक्षाकर्मीले खाडीचौरमा किनेर लगेको कट्टु लगाएर राजधानी फर्किएका छन् ।

bamdev 2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us