समाचार

गाउँलेबीचको झडपमा १५ घाइते, प्रहरीद्वारा हवाई फायर

२०७१ भदौ २५ गते १३:५१

बारा, २५ भदौ– बाराको पिप्राढी गाविसमा बुधवार स्थानीयबीच झडप भएको छ । झडपमा एक प्रहरीसहित कम्तिमा १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, नाक, हात र खुट्टामा चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई...

नुवाकोट पुगेर देउवाले भने, ‘संघीयता काम छैन’

२०७१ भदौ २५ गते १३:३९

विदुर, २५ भदौ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक कुनै पनि हालतमा संघीयतामा जान नसक्ने बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठन नेविसंघ नुवाकोटको जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले संघीयताले मुलुकले विकास विकासको गति लिन नसक्ने बताए । अर्थमन्त्री रामशरण महतले भारतीय विदेशमन्त्री सुस्मा...

एमाले प्रमुख सचेतक अग्नि खरेल

२०७१ भदौ २५ गते १२:४७

काठमाण्डु, २५ भदौ – एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी अग्नि खरेलले पाएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले जिम्मेवारी दिएका हुन् । एमाले केन्द्रीय सदस्य अग्नि खरेल मन्त्रिपरिषद्को मनोनयनमा सभासद भएका हुन् । कानूनी पृष्ठभूमिका खरेल ओलीका विश्वास पात्र...

संस्थापन पक्षलाई सहयोग नगरेको भन्दै पत्रकारको जागिर खोसियो

२०७१ भदौ २५ गते ११:५१

काठमाण्डु, २५ भदौ – नेपाल टेलिभिजनले प्रेस युनियनको हालै पोखरामा सम्पन्न महाधिवेशनमा संस्थापन पक्षका उम्मेदवारलाई नसघाएको झुटो आरोप लगाउँदै दुई पत्रकारलाई जागिरबाट बर्खास्त गरेका छन् । नेपाल टेलिभिजनका रोल्पा संवाददाता राजेश बुढाथोकी र झापा संवाददाता भीम नेम्वाङलाई जागिरबाट हटाइएको प्रेस युनियनले जनाएको छ ।...

खेताला लेखक नबन्न खगेन्द्र संग्रौलाको आग्रह

२०७१ भदौ २५ गते ११:०५

काठमाण्डु, २५ भदौ – वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले आफ्नो रचनात्मक र सिर्जनशिल क्षमतालाई अर्काको झुटो कथा लेखेर समय खेर नफाल्न आग्रह गरेका छन् । बुधबार राजधानीमा वरिष्ठ पत्रकार तथा साहित्यकार किशोर नेपालद्धारा लेखिएको ‘कान्तिपुर गाथा’ कृतिको विमोचन समारोहमा प्रमुख वक्ताका रुपमा बोल्दै...

प्रचण्डलाई संयन्त्र संयोजक बनाए संविधान आउँदैन: कोइराला

२०७१ भदौ २५ गते १०:५९

बागलुङ,  २५ भदौ– काँग्रेसका नेता शेखर कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाइए संविधान नबन्ने दाबी गरेका छन् । बागलुङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा  उनले प्रचण्डलाई संयन्त्रको संयोजक बनाए कुनै हालतमा तोकिएको समयमा संविधान नआउने जिकिर गरे ।...

सभासदलाई अंग्रेजी पढाउने तयारी

२०७१ भदौ २५ गते १०:४६

काठमाण्डु, २५ भदौ–संविधानसभाअन्तगर्थत क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिले सभासद्हरुलाई अंग्रेजी भाषा तालिम दिने भएको छ । भाषा अभावमा विदेश जाँदा वा नेपालमै विदेशीसँग डिल गर्दा समस्या भएपछि सभासदलाई अंग्रेजी भाषा सिकाउन लागिएको संसद सचिवालयले जनाएको छ । समिति मातहतको तालिम, गोष्ठी, कार्यशाला र...

नेपाली युवती हार्वर्ड अनलाइन भोटिङको शीर्ष पाँचमा

२०७१ भदौ २५ गते १०:३७

काठमाण्डु, २५ भदौ– महिला हिंसाविरुद्धको अभियानमा सक्रिय एक नेपाली युवती अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनलाइन मतदानमा शीर्ष पाँच स्थानमा पर्न सफल भएकी छन् । २३ वर्षीया सुमना दवाडी अमेरिकाको हार्वड विश्वविद्यालयले विश्वका युवा स्वयंसेवीमध्ये अनलाइन मतदानबाट विजयी छनौट गरिने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पाँचौं स्थानमा परेकी हुन्...

इन्जिनियर्स एसोसियनको नेतृत्वमा टेलिकममा आन्दोलन हुने

२०७१ भदौ २५ गते १०:३६

काठमाण्डु, २५ भदौ – टेलिकमको आन्दोलन इन्जिनियर्स एशोसिएशनको नेतृत्वमा अघि बढ्ने भएको छ । गत भदौ १९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल टेलिकमको प्रमुख कार्यकारीमा बुद्धिप्रसाद आचार्यलाई नियूक्त गरेको विरोधमा आन्दोलनमा उत्रिएका टेलिकम प्राविधिक कर्मचारी समूहलाई नेपाल ईन्जििनियर्स एशोसियशनले पूर्ण रुपमा सहयोग गर्ने घोषणा...

आत्मदाह गर्ने फुटपाथ व्यापारीको चेतावनी

२०७१ भदौ २५ गते १०:२६

काठमाण्डु, २५ भदौ– फुटपाथे व्यापारीहरुको संस्था संयुक्त स्वरोजगार व्यापार व्यवसायी समाजले दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा आफूहरुलाई व्यापार व्यवसाय गर्न नदिए आत्मदाह गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी भदौ २६ गतेसम्म पनि यथास्थानमा व्यापार...

उपेन्द्रले भने, ‘हामीलाई राष्ट्रघाती भन्ने, आफूचाहिं विदेशी प्रभुका अगाडि घुँडा टेक्ने ?’

२०७१ भदौ २५ गते ९:०७

काठमाण्डु, २५ भदौ– एकीकृत माओवादीसहति प्रतिपक्षी दलले बुधबार पनि संसद् अवरुद्ध गरेका छन् । उच्चस्तरीय राजनीतिक समिति गठनलगायत चार बुँदे सहमति कार्यान्यवनको माग गर्दै विपक्षीले लगातार संसद चल्न दिएका छैनन् । बुधबार संसद अवरुद्ध भएको चौथोपटक हो । संसद बैठक सुरु हुनेबित्तिकै विशेष समय...

प्रचण्डले रोक्दारोक्दै किन दिए हिमालले राजीनामा ? (राजीनामापत्रको पूर्ण पाठसहित)

२०७१ भदौ २५ गते ७:५६

काठमाण्डु, २५ भदौ– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार अपराह्न पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा राजीनामा बुझाएका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरी लेखिएको राजीनामापत्र पार्टी केन्द्रीय कार्यालयका सचिव हितराज पाण्डेलाई बुझाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us