प्रचण्डलाई संयन्त्र संयोजक बनाए संविधान आउँदैन: कोइराला

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १०:५९ मा प्रकाशित

बागलुङ,  २५ भदौ– काँग्रेसका नेता शेखर कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उच्च स्तरीय राजनीतिक Shekhar-Koirlaसंयन्त्रको संयोजक बनाइए संविधान नबन्ने दाबी गरेका छन् ।
बागलुङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा  उनले प्रचण्डलाई संयन्त्रको संयोजक बनाए कुनै हालतमा तोकिएको समयमा संविधान नआउने जिकिर गरे ।

संविधानसभामा आफ्नो कमजोर उपस्थितिका कारण प्रचण्डले मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीलाई देखाएर संविधान निर्माणलाई अनिश्चिततार्फत धकेल्न खोजेको आरोप उनको थियो ।

‘प्रचण्ड वैद्यलाई देखाएर संविधकान निर्माण अनिश्चित बनाउन खोज्दैछन्’, उनले भने, ‘प्रचण्डलाई उच्च्स्तरीय संयन्त्रको संयोजक बनाइए फेरि पनि संविधान बन्दैन ।’

कोइरालाले सत्तामा हालीमुहाली जमाउन संयन्त्रको नेतृत्व आफूले लिन खोजेको आरोप पनि लगाए । ‘प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र संवैधानिक समितिमा आफ्नो स्थान नपाएपछि प्रचण्डले नाटक गरेका हुन्’, कोइरालाले भने ।

माघ ८ को पूर्वनिर्धारित कार्यतालिका धारासायी भएकाले तोकिएकै समयमा संविधान आउने सम्भावना कम हुँदै गएको कोइरालाले बताए । अर्को एक फरक प्रसंगमा उनले सभापति सुशील कोइरालाका कारण काँग्रेसभित्र भद्रगोलको अवस्था आएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us