इन्जिनियर्स एसोसियनको नेतृत्वमा टेलिकममा आन्दोलन हुने

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, २५ भदौ – टेलिकमको आन्दोलन इन्जिनियर्स एशोसिएशनको नेतृत्वमा अघि बढ्ने भएको छ ।

telecomगत भदौ १९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल टेलिकमको प्रमुख कार्यकारीमा बुद्धिप्रसाद आचार्यलाई नियूक्त गरेको विरोधमा आन्दोलनमा उत्रिएका टेलिकम प्राविधिक कर्मचारी समूहलाई नेपाल ईन्जििनियर्स एशोसियशनले पूर्ण रुपमा सहयोग गर्ने घोषणा गरेको छ ।

आन्दोलनबारे जानकारी गराउन रिपोर्टर्स क्लबमा नेपालमा बुधबार नेपाल टेलिकम कर्मचारी समूहद्धारा आयोजित पत्रकार सम्मेलनमा नेपाल ईन्जिनियर्स एशोयिशनका अध्यक्ष ध्रुब थापाले टेलिकमकका कर्मचारीद्धारा जारी आन्दोलनमा देशभरिकै १६ हजार भन्दा बढी ईन्जिनियर्सहरुको साथ र समर्थन रहेको बताएका छन् ।

आन्दोलनका संयोजक ईं. दिनेशचन्द्र पन्थीको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले नेपाल टेलिकमको आन्दोलन अत्यन्तै जायज माँगका साथ अघि बढेको जनाउँदै आगामी दिनमा आन्दोलनलाई थप सशक्त बनाउन आफूहरुले जस्तोसुकै भूमिका निवार्ह गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंशकार, दुर सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेल, पुर्व डीन प्रा.डा. भरतराज पहाडी, प्रगतिशील तथा पेशागत ईन्जिनियर्श एशोसियशनका अध्यक्ष ई. शम्भु बहादुर श्रेष्ठ, नेपाल ईन्जिनियर्श एशोसियशनका निवर्तमान अध्यक्ष ई. महेन्द्र बहादुर गुरुङ्, नेपाल टेलिकमका पूर्व नायब महाप्रबन्धक निर्देशक भगतमानसिंह प्रधान, नेपाल ईन्जिनियर्श एशोसियशनका पूर्व अध्यक्ष एवम उच्च स्तरीय सूचना प्रविधि आयोगका पूर्व उपाध्यक्ष ई. सरोज देवकोटा लगायतले आन्दोलनमा आफूहरुको पनि साथ र समर्थन रहेको बताएका छन् ।

उनीहरुले मन्त्रीले तत्काल निर्णय फिर्ता लिनुपर्ने पनि धारणा राखेका छन् । उनीहरुले नेपाल टेलिकमलाई पूर्नसंरचना गर्नुपर्ने, कर्मचारीहरुको वुत्ति विकासको लागि पहल गर्नुपर्ने र नेपाल टेलिकमलाई पूर्णतयः स्वायत्तता बनाउनुपर्ने लगायतका धारणा राखेका छन् ।
आन्दोलनका संयोजक ईं. दिनेशचन्द्र पन्थीले नेपाल टेलिकममा प्रबन्धक निर्देशक नियुक्त गर्दा प्रणाली र विधिसम्बद्ध ढंगबाट गर्नुपर्ने धारणा राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us