आत्मदाह गर्ने फुटपाथ व्यापारीको चेतावनी

काठमाण्डु टुडे २०७१ भदौ २५ गते १०:२६ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– फुटपाथे व्यापारीहरुको संस्था संयुक्त स्वरोजगार व्यापार व्यवसायी समाजले दशैं, तिहार र छठ पर्वका लागि foot pathतत्काल यथास्थानमा आफूहरुलाई व्यापार व्यवसाय गर्न नदिए आत्मदाह गर्ने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी भदौ २६ गतेसम्म पनि यथास्थानमा व्यापार व्यवसाय गर्न नदिए बाध्य भएर आत्मदाह गर्ने चेतावनी दिएको हो ।

उनीहरुले आफूहरु जस्तोसुकै कडा आन्दोलनमा उत्रनेसमेत प्रष्ट पारेका छन । समाजले स्वरोजगार व्यवसायीहरुलाई कानुनको छुट्टै व्यवस्था गर्नुपर्ने, सम्पूर्ण व्यवसायीहरुलाई परिचयपत्र लागू गरिनुपर्ने, उचित वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्ने लगायत ११ बुँदे मााग अघि सारेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष सुजन गिरीले सरकारले पटक–पटक आफूहरुलाई वार्ताका लागि बोलाएर झूठा आश्वासन मात्रै दिएको तर कार्यान्वयन नगरेको भन्दै उचित विकल्पका लागि सरकारसंग माग गरेका छन् ।
गिरीले भने, ‘सरकारले विगतमा हामी व्यवसायीहरुलाई विस्थापन गरेदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएका छौं । तर सरकारले हाम्रो माागहरु सुनेन, त्यसैले हामी बाध्य भएर आन्दोलनमा होमिनु परेको छ ।’

उनले आफूहरुलाई सरकारले गरी खान पाउने पेशाबाट विस्थापन गरेको आरोप लगाउँदै तत्काल अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने समेत धारणा राखेका छन् ।
कार्यक्रममा समाजका संरक्षक प्रकाश बस्नेतले सरकारले विगतमा आफूहरुसंग विगतमा गरेका सबै सहमति तथा सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने मााग राखेका छन् ।

बस्नेतले आगामी भदौ २६ गतेसम्म पनि आफ्ना माागप्रति सरकार जिम्मेवार नभए सम्पूर्ण व्यवसायीहरु यथास्थानबाट व्यापार व्यवसाय सञ्चालन गर्न बाध्य हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us