काठमाण्डु, २५ भदौ– महिला हिंसाविरुद्धको अभियानमा सक्रिय एक नेपाली युवती अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनलाइन
मतदानमा शीर्ष पाँच स्थानमा पर्न सफल भएकी छन् ।
२३ वर्षीया सुमना दवाडी अमेरिकाको हार्वड विश्वविद्यालयले विश्वका युवा स्वयंसेवीमध्ये अनलाइन मतदानबाट विजयी छनौट गरिने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पाँचौं स्थानमा परेकी हुन् ।
पेशाले नर्स उनी सार्वजनिक सवारीमा यात्रा गर्ने महिलामाथि हुने यौन हिंसाविरुद्धको अभियानमा सक्रिय छिन् ।
उनले उक्त प्रतियोगितामा विजयी भएपछि हार्वर्ड विश्वविद्यालयको सहयोगमा काठमाण्डु उपत्यकामा सार्वजनिक यातायातमा हुने यौन उत्पीडन र दुव्र्यवहारविरुद्ध अभियान चलाउने बताएकी छन् ।