दाइजो नल्याएको निहुँमा ३ वर्षसम्म शौचालयमा थुनिइन् महिला

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ८:४२ मा प्रकाशित

काठमाण्डु २४ भदौ– भारत बिहारको दरभंगामा माइतीबाट दाइजो नल्याएको भन्दै एक महिलालाई परिवारले तीन वर्षसम्म शौचालयमा थुनेर राखेको sauchalayaखुलासा भएको छ ।
पीडित महिलामा श्रीमान प्रभासकुमार सिंहले परिवारका अरु सदस्यसँगको मिलेमतोमा श्रीमतिमाथि त्यस्तो अमानीय हर्कत गरेका हुन् । पीडित महिलाको स्थानीय प्रहरीले ती महिलालाई शौचालयबाट उद्दार गरेको छ ।
महिला थाना  प्रहरी प्रमुख सीमा कुमारीका अनुसार गुन्जा नाम गरेकी ती महिलाका बाबुले दाइजो माग गर्दै आफ्नो छोरीलाई दु:ख दिएको उजुरी गरेका थिए । जुन्जाको विवाह चार वर्ष पहिले  भएको थियो ।

गुन्जाका लोग्ने र परिवारले दाइजो नल्याएको भन्दै तीन वर्षीया छोरीलाई समेत उनीबाट छुटाइदिएको थियो । शौचालयबाट मुक्त भएपछि उनले आफ्नी छोरीसँग कुरा गर्न खोजेकी थिइन् । तर छोरीले आमा चिनिनन् । मुक्त भएपछि उनले आफूलाई कहिले काहीं मात्र खान दिएर तीन वर्षसम्म शौचालयमा राखिएको बताइन् ।
घटनामा जिम्मेवार ठहर्‍याउँदै प्रहरीले पीडित महिलाका पति प्रभास कुमारसहित परिवारका अन्य सदस्यविरुद्द मुद्दा दर्ता गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us