खुमबहादुर बोल्दा कमल थापा छायाँमा

काठमाण्डु टुडे २०७१ भदौ २४ गते १२:२९ मा प्रकाशित

दाङ, २४ भदौ– कांग्रेस नेता खुमबहादुर खड्काले नेपाल हिन्दू राज्य नभए संविधान च्यात्ने चेतावनी दिएका छन् ।
khum_bahadurबीपी कोइरालाको १ सयऔं जन्मजयन्तीका असरमा मंगलबार दाङमा भएको कार्यक्रममा खड्काले हिन्र्दू राज्य नभए नयाँ संविधानको मस्यौदा च्यात्ने चेतावनी दिए । स्वतन्त्रता र अखण्डता बचाउन हिन्दू राज्य अनिवार्य भएको उनको भनाइ थियो ।

उनले हिन्दू राज्यका पक्षमा राप्रपा नेपालका अध्यक्ष कमल थापाभन्दा चर्को भाषण गरे । खड्काले पार्टीको आगामी केन्द्रीय समिति बैठकमा त्यससम्बन्धी प्रस्ताव लैजाने पनि बताए ।

उनले हिन्दू राष्ट्रको पक्षमा देशव्यापी जनमत रहेको दाबी गरे । अर्को एक फरक प्रसंगमा खड्काले २०६२/०६३ सालको जनआन्दोलनले नेपाली राजनीतिमा विक्रिती ल्याएको जिकिर गरे ।

माओवादी नेताहरुको जन्म दरबारमा भएको आरोप लगाउँदै उनले माओवादीले कम्युनिष्ट चरित्र गुमाएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us