समाचार

देउवा र पौडेल ‘ग्रुपिजम’मा लागेर पार्टी र सरकार सञ्चालनमा अप्ठेरो : प्रधानमन्त्री

२०७१ भदौ २३ गते १२:४३

काठमाण्डु, २३ भदौ – प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेलको असहयोगका कारण सरकार तथा पार्टी सञ्चालनमा अप्ठेरो परेको आरोप लगाएका छन् । कांग्रेस संसदीय दलको सोमवारको बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका कोइरालाले पार्टी र सरकार सञ्चालनमा आफ्नो मर्यादा बिर्सेर...

अञ्जु पन्तले यसरी उडाइन् हिन्दू धर्मकाे खिल्ली

२०७१ भदौ २३ गते १०:२८

काठमाण्डु, २३ भदौ – चर्चित गायिका अञ्जु पन्तले हिन्दू धर्मको खिल्ली उडाएको भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा पन्तले क्रिश्चियनको कार्यक्रममा हिन्दूवादी शब्द भएको गीत नगाउने घोषणा गरेकी छिन् । गत साता पन्तले हिन्दूवादी शब्द भएको दशैं गीत गाउन नमानेको खबर सञ्चारमाध्यममा आएपछि...

शिक्षा नीतिमा परिवर्तन आवश्यक : मन्त्री पण्डित

२०७१ भदौ २३ गते १०:२७

काठमाण्डु, २३ भदौ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा शिक्षा दिवसको अवसरमा शैक्षिक जागरण अभियान नेपाल र जोरपाटी गा.वि.स.को संयुक्त आयोजनामा सबैका लागि समान शिक्षा मूल नाराका साथ आयोजित सामूदायिक ई–लाइव्रेरीको उद्घाटन तथा अन्तर विद्यालय...

प्रचण्डले भने, ‘बाबुराम र म चिप्लियौं’

२०७१ भदौ २३ गते १०:१२

काठमाण्डु, २३ भदौ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेता बाबुराम भट्टराई नराम्र्ररी चिप्लिएका कारण संविधानसभा निर्वाचनमा पार्टी तेश्रो स्थानमा खुम्चिएको बताएका छन् । सहिद सुरेश वाग्ले ‘बासु’ को स्मृतिमा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादी षडयन्त्र बुझ्न...

तीन पार्टीबीच एकता

२०७१ भदौ २३ गते ९:५५

काठमाण्डु, २३ भदौ – डिवि थापाले नेतृत्व गरेको राष्ट्रिय पुनर्जागरण पार्टी, युवराज सफलले नेतृत्व गरेको नेपाल गणतान्त्रिक जनता पार्टी र पिएन सापकोटाले नेतृत्व गरेको गणतान्त्रिक पार्टी नेपालवादबीच एकता भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि उनीहरुले नेपालवादको सिद्धान्तलाई संरक्षण एवम प्रर्वद्धन...

गाेरखामा भट्टराई पक्षले खाेल्याे छुट्टै पार्टी कार्यालय

२०७१ भदौ २३ गते ८:४१

गाेरखा, २३ भदाै – केही समयअघि समानान्तर जिल्ला कमिटी गठन गरेको एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका कार्यकर्ताले छुट्टै पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएका छन् ।  आफूलाई संस्थापन एमाओवादी दाबी गर्दै भट्टराई विचार समूहले हरमटारीस्थित जिविसचोक अगाडि पार्टी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।...

तरुण दलद्धारा प्युठान बन्द

२०७१ भदौ २३ गते ७:०१

प्युठान, २३ भदौ – काँग्रेस भातृसङ्गठन तरुण दलले आफ्ना कार्यकर्तालाई कुखुरी प्रहार गर्नेलाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै प्युठान जिल्ला बन्द आह्वान गरेको छ । तरुण दलका नेता कार्यकर्ताहरु जिल्लाका मुख्यमुख्य चोक खलंगा, बाग्दुला, विजुवार, चेरनेटा, चकचके, मच्छी लगायत क्षेत्रमा जम्मा भएर सडक...

कताको पृथ्वीनारायण शाह, कताको गोपाल किराँती ‘साईंला’ ?

२०७१ भदौ २३ गते ६:३३

हामीले त्यस दिन प्रदर्शन गर्ने भनेको हो । पृथ्वी जयन्ती मनाउने भनेको होइन । पूरानो र नयाँ राष्ट्रिय एकीकरणको कडी जोड्ने भनेको हो । हाम्रो पृथ्वी नारायण शाहप्रति आधा समर्थन र आधा विरोध छ । हामीले पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणको कहिल्यै विरोध गरेका छैनौं...

महिला सभासदले गुपचुप रुपमा डिएसपीसँग दाेस्राे बिहे गरेपछि……..

२०७१ भदौ २३ गते ५:०९

काठमाण्डु, २३ भदौ–  कांग्रेस सभासद् ओमदेवी मल्ल जोशीले पहिलेका पति किरण जोशीसँग सम्बन्ध विच्छेद गरेरडीएसपीसँग गुपचुप बिहे गरेपछि कांग्रेसका केही नेतामात्र होइन राप्रपानेपालका एक नेता समेत स्तब्ध भएका छन् । एनेकपामाओवादीका एक वरिष्ठ नेता पनि ओमदेवीले आफूलाई समेत चक्मा दिएकोमा छक्कपरेका छन् । यति...

अरिंगाल पोल्ने क्रममा दुईजनाको मृत्यु

२०७१ भदौ २३ गते ४:२२

सल्यान, २३ भदौ– सल्यानमा अरिंगालको गोलो पोल्ने क्रममा गएराति दुई जनाको मृत्यु भएको छ । एकजनाको अरिंगालको टोकाइबाट र एकजनाको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । अरिंगाल पोल्ने क्रममा खाजरीपिलप गाविस–८ सुनैलीबजारका का ३९ वर्षीय मानबहादुर राना र देवस्थल–९ का २५ वर्षीय...

बाबुरामको ‘मतियार’ बनेको आरोपमा वैद्य माओवादीद्वारा एक नेतामाथि कारबाही

२०७१ भदौ २३ गते ३:३७

काठमाण्डु, २३ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ लाई निलम्बन गरेको छ । पार्टी नेतृत्वविरुद्ध अनर्गल आक्षेप लगाउनुका साथै मर्यादाविपरीत तथा अनुशासनहीन काम गरेकाले निलम्बन गरिएको सो पार्टीले जनाएको छ । महासचिव रामबहादुर थापाद्वारा जारी गरिएको विज्ञप्तिमा शर्मालाई अनिश्चितकालका लागि...

उपचारका लागि अमेरिका जान राष्ट्रपतिसँग बिदा मागे सुशीलले

२०७१ भदौ २३ गते २:४२

काठमाण्डु, २३ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवलाई भेटेका छन् । आइतबार साँझ शीतलनिवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणमा भएको प्रगतिबारे राष्ट्रपतिलाई अवगत गराएका थिए । भेटमा राष्ट्रपति यादवले आफ्नो स्वास्थ्य अवस्थाबारे गम्भीर चासो राखेको भेटपछि कोइरालाले सञ्चारकर्मीलाई बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us