शिक्षा नीतिमा परिवर्तन आवश्यक : मन्त्री पण्डित

काठमाण्डु टुडे २०७१ भदौ २३ गते १०:२७ मा प्रकाशित

काठमाण्डु, २३ भदौ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

Lalbabu-3 copyसोमबार राजधानीमा शिक्षा दिवसको अवसरमा शैक्षिक जागरण अभियान नेपाल र जोरपाटी गा.वि.स.को संयुक्त आयोजनामा सबैका लागि समान शिक्षा मूल नाराका साथ आयोजित सामूदायिक ई–लाइव्रेरीको उद्घाटन तथा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नेपालको शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुपर्ने आवाश्यकता औल्याएका छन् ।

शैक्षिक जागरण अभियान नेपालका अध्यक्ष सन्तोष सुवेदीको सभापतित्व आयोजित कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई नेपालको शिक्षा क्षेत्रको विकास, विस्तार र प्रर्वद्धन गर्न खेलेको उल्लेखनीय भूमिकाको कदर गर्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेकपा एमाले सभासद रामेश्वर फूयाँल लगायतले संयूक्त रुपमा अभिनन्दन गरेका छन् ।

मन्त्री पण्डितले सरकारले नयाँ शिक्षा नीति ल्याए पनि कार्यन्वयन गर्न नसेकेकोमा भने दुखेसो पाखेका छन् । उनले भने–शिक्षा भनेको मूलुक विकासको मूख्य आधार नै हो । तर हामीकहाँ शिक्षाको समान पहँु र प्रभाव भने दुरदराजमा अझै सम्म पुग्न सकेको छैन् । त्यसैले सवैले समान शिक्षा पाउने प्रावधान सहित शिक्षा नीतिमा आमूल परिवर्तन गर्न अहिले अत्यन्तै आवश्यक छ ।

त्यस्तै अर्को प्रसंगमा मन्त्री पण्डितले मुलुकले तोकिएकै मिति माघ ८ गतेभित्र नयाँ संविधान पाउने पनि विश्वास व्यक्त गरेका छन् । उनले भने–सरकार संविधान निर्माणका लागि सक्रियताका साथ लागि परिरहेको छ, यो सरकारको मूख्य दायित्व भनेको नै माघ ८ भित्रै संविधान जारी गर्ने हो । उनले सहमतीमै संविधान जारी हुने बताउँदै सहमतीबाट जारी हुन नसके प्रक्रियामा गएर भएपनि यस पटक नेपाली जनतालाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिएरै छाड्ने उद्घोष समेत गरेका छन् ।

त्यस्तै नेकपा एमालेका सभासद रामेश्वर फूँयालले जोरपाटीको मात्रै नभई समग्र शिक्षाको क्षेत्रको विकास र प्रर्वद्धन गर्न ई–लाईब्रेरीले मद्यत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले ई–लाईब्रेरीको कन्सेप्ट देशव्यापी रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us