महिला सभासदले गुपचुप रुपमा डिएसपीसँग दाेस्राे बिहे गरेपछि……..

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ५:०९ मा प्रकाशित

omdeviकाठमाण्डु, २३ भदौ–  कांग्रेस सभासद् ओमदेवी मल्ल जोशीले पहिलेका पति किरण जोशीसँग सम्बन्ध विच्छेद गरेरडीएसपीसँग गुपचुप बिहे गरेपछि कांग्रेसका केही नेतामात्र होइन राप्रपानेपालका एक नेता समेत स्तब्ध भएका छन् ।

एनेकपामाओवादीका एक वरिष्ठ नेता पनि ओमदेवीले आफूलाई समेत चक्मा दिएकोमा छक्कपरेका छन् । यति धेरै नेतालाई चक्मा दिनेगरी ओमदेवीले किन र कोसँग बिहेगरिन् भन्ने उनको पारिवारिक सर्कललाई समेत धेरै जानकारी छैन ।

स्रोतका अनुसार उनले बिहे गरेका डीएसपी ढकाल थरका रहेको बुझिएको छ । ती डीएसपीलाई ओमदेवीले ‘मुर्गा बनाएको’ चर्चा पनि चलेको छ । भोजपुर घर भएका तीडीएसपीले पहिलाको घरबार बिग्रिएको र ओमदेवीको पनि पतिसँग सम्बन्ध विच्छेदभएकाले उनीहरुले विवाह गरेको बुझिएको छ ।

ओमदेवी राजनीतिकर्मी होइनन् । सहकारीक्षेत्रमा भने उनी डन नै हुन् । राष्ट्रिय सहकारी संघको भर्खरै सम्पन्नमहाधिवेशनबाट महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी ओमदेवी सहकारीक्षेत्रमा लागेकै बेला धेरै मान्छेलाई बहमा पारेर करोडौं पैसा कमाउन सफलपात्रका रुपमा चिनिन्छिन् । उनी राजावादी कित्ताबाट गणतन्त्र आएपछिएमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निकट सम्बन्धका कारण माओवादीबनेकी थिइन् ।

नारायणकाजीलाई उनी दाजु भन्छिन् । तर खासनातामा उनी नारायणकाजीकी सोल्टिनी हुन् । नारायणकाजीकी दिदीको नन्द ओमदेवीले नारायणकाजी स्थानीय विकासमन्त्री र परराष्ट्रमन्त्री भएका बेला धेरै मान्छेलाई आफ्नो दाइ भन्दै राम्रै कारोबार पनि गर्न भ्याएकी थिइन् । तर दोस्रो संविधानसभा निर्वाचनका बेलासम्म उनी कांग्रेसका नेता मिनेन्द्र रिजालको धेरै नजिक पुगेकी थिइन् । एमाओवादीबाट भन्दा कांग्रेसबाट सभासद बन्न सहज बाटाहरु देखेपछि उनले सहज बाटो रोजिन ।

मिनेन्द्र रिजालसँग गहिरो सम्बन्ध अनि कांग्रेसकै नेता आरजु देउवादेखि अन्य पात्रलाई राम्रै चुनावी सहयोग गरेपछिउनी सभासद्समेत बन्न सफल भइन । तर यसबीचमा उनको परिवार भने बिग्रँदै गएकोथियो ।

उनका श्रीमानले ओमदेवीले गरेको हर्कतबाट आजीत भए पनि केही भनेका थिएनन् । बरु उनैले सम्बन्ध विच्छेद गरेर नयाँ व्यक्तिसँग सुटुक्क बिहे गरिन । उनले गरेको बिहेबारे केही सिमित व्यक्तिलाई थाहा भए पनि धेरैलाई जानकारी नै गराएकी छैनन् ।

साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us